नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7669 · वि.सं. २०६३

नि.नं. 7669 — अपुताली हक कायम दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घरसारमा भएको शर्तनामाको नाम दिइएको लिखतलाई आधार मानी नगरपालिकामा सिफारिसका लागि वादी र प्रतिवादीले संयुक्त निवेदन दिएको भएपनि उक्त शर्तनामाको कागजको कानूनी हैसियत शुन्य भएकाले कानूनले नै प्रमाणयोग्य नभएको लिखतको आधारमा कसैले त्यस्तो प्रमाण समाई कही कुनै कुरा उल्लेख गरेको वा व्यक्त गरेको भएपनि प्रमाण ऐन, २०३१ को दफा ३४ वमोजिम कानूनी प्रश्नमा विवन्धनको सिद्धान्त आकर्षित हुन नसक्ने । § वादी प्रतिवादीले संयुक्त रुपमा नगरपालिकामा निवेदन दिएकै कारण प्रतिवादीले वादीलाई आधा अपुताली जग्गा दिनुपर्ने भन्न नमिल्ने । (प्रकरण नं.२३) § आफ्नो छोरा हुंदाहुदै अंश लिई छुट्टै वसेको सौतेनी छोरालाई आमाले गरिदिएको शर्तनामाको कागजको आधारमा आधा अपुताली वादीले पाउने भनी गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला अपुतालीको महलको १० नं. र रजिष्ट्रेशनको १ नं. विपरीत देखिंदा उल्टी हुने । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7669
मुद्दाको विषयअपुताली हक कायम दर्ता
निर्णय वर्ष / मिति2063/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7669
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्