नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7673 · वि.सं. २०६३
नि.नं. 7673 — करार बमोजिम क्षतिपर्ति रकम भराई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी प्रतिवादी बीचमा जग्गा पारित गरी लिने दिने बिषयमा करार भै बैना लिनुदिनु गरेको सम्बन्धी कानूनी व्यवस्था हेर्दा करार ऐन, २०५६ को दफा ४०(१) ले कुनै बिक्रेताले मुल्य लिई कुनै बस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मन्जुर गरेकोमा बस्तु बिक्रि सम्बन्धी करार भएको मानिने । § बस्तु भन्नाले खरिद बिक्रि हुन सक्ने कुनैपनि चल सम्पति सम्झनु पर्ने । § प्रस्तुत मुद्दामा जग्गा खरिद बिक्रि सम्बन्धमा करार भएको र जग्गा चल सम्पति भित्र नपर्ने हुँदा त्यस्तो करारीय दायित्व अदालतबाट पुरा गराउन कानूनतः नमिल्ने । § करार ऐन, २०५६ मा करारमा दुईपक्ष बीच कुनै काम तोकिएको समयमा गर्न अथवा नगर्नको लागि सम्झौता भएको हुनुपर्ने, करार गर्ने पक्षहरु बीच करारीय दायित्व पुरा नगरे वापत क्षतिपूर्तिमा दावी गर्नुपर्ने भन्ने व्यवस्था भएकोमा वैना रकम लिनुदिनुलाई करारको परिभाषा भित्र राख्न नमिल्ने । § वादीबाट प्रतिवादीले वैना स्वरुप पेश्की लिएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको हुँदा उक्त रकम वादीले प्रतिवादीबाट भराई लिने पाउने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7673 |
|---|---|
| मुद्दाको विषय | करार बमोजिम क्षतिपर्ति रकम भराई पाउँ |
| निर्णय वर्ष / मिति | 2062/12/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7673 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
