नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7674 · वि.सं. २०६३

नि.नं. 7674 — रोक्का बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पिपल्स फाइनान्स लिमिटेडको पत्रको आधारमा मालपोत कार्यालयले बिवादित जग्गाहरु रोक्का राख्ने गरेको कार्यलाई मालपोत कार्यालयको निर्णय होइन भन्न नमिल्ने । § मालपोत ऐनको दफा ३१ ले स्पष्ट रुपमा ऐनको ८ख वमोजिम मालपोत कार्यालयले गरेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने छ भनी व्यवस्था गरेको अवस्थामा सोही ८ख को उपदफा (३) वमोजिम सो कार्यालयले रोक्का राखेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्न सक्दैन भनी तर्क गर्न नमिल्ने । (प्रकरण नं.१२) § कमला राजोपाध्यायको अंश हकको जग्गा निजको सहमति र मन्जुरी विना नै अंश हकमा असर पर्ने गरी उद्धवराज उपाध्यायले धितो जमानत दिई पिपल्स फाइनान्स लिमिटेडको पत्रको आधारमा मालपोत कार्यालयले रोक्का गरेको कार्यलाई कानून अनुरुपको कार्य भन्न नमिल्ने। (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7674
मुद्दाको विषयरोक्का बदर
निर्णय वर्ष / मिति2063/03/12
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7674
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्