नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7666 · वि.सं. २०६३
नि.नं. 7666 — जवर्जस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदकले पीडितको योनीमा वीर्य फेला नपरेबाट वारदात प्रमाणित नभएको भन्ने जिकिर लिएको भएपनि सवै जवरजस्तीकरणीको कसूरमा पीडित महिलाको योनीमा वीर्य फेला पर्नुपर्छ भनी मान्न नमिल्ने । (प्रकरण नं.१९) § जवरजस्ती करणीको महलको ४ नं. मा जवरजस्ती करणी गर्ने भएको कुरा जानी थाहापाई छल गरी संग लागी जाने समाउने र सो काममा मद्दत दिनेलाई तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने उल्लेख भएवाट सो नं. को प्रयोजनका लागि जवरजस्ती करणी गर्नु नपर्ने र वारदातस्थलमा गई मुख्य अभियुक्तलाई मद्दत गर्नु नै पर्याप्त हुने । (प्रकरण नं.२१) § अदालतले निर्णय गर्दा प्राप्त प्रमाणहरूको तर्कसंगत मूल्यांकनवाट अभियोग प्रमाणित हुने अवस्था छ छैन भनी निचोडमा पुग्नुपर्ने हुन्छ । अभियोग दावीनै नालिएको विषयमा वोल्न नमिल्ने । (प्रकरण नं.२३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7666 |
|---|---|
| मुद्दाको विषय | जवर्जस्ती करणी |
| निर्णय वर्ष / मिति | 2063/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री ताहिलअलि अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7666 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
