नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7656 · वि.सं. २०६३

नि.नं. 7656 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बसोवासका लागि प्राप्त जग्गामा एकबर्षभित्र घर बनाई बसोवास गरि भोगचलन गर्नुपर्ने तथा नियमानुसार धितो पनि राख्न सकिने गरि निवेदकहरुले हक स्थापित गरेको एवं निजहरुले सो वितरीत जग्गा वापत बुझाउनुपर्ने राजश्व समेत दाखिल गरेको निवेदन सम्बन्धमा कुनै खण्डन नगरी आयोगले श्रेस्ता अभिलेख कायम गरी जानकारी दिने प्रयोजनका लागि दिएको पत्र समेतलाई अन्यथा भन्न नसकेको अवस्थामा निवेदकरुले प्राप्त गरेको जग्गा जमिनलाई श्रेस्ता कायम नगरी राख्नु न्यायोचित मान्न नसकिने । (प्रकरण नं.१५) § सुकुम्वासी समस्या समाधान आयोगबाट मालपोत कार्यालयलाई लेखेको पत्रवमोजिम कानून बमोजिमको प्रक्रिया तुरुन्त अवलम्बन गरि निवेदकहरुको निवेदन व्यहोरामा उल्लेख भएको अन्य निवेदकहरुले आयोगबाट वितरीत जग्गाधनी प्रमाणपुर्जा वमोजिमको जग्गालाई सुकुम्बासी समस्या समाधान आयोगको निर्णयसंग भिडाई निवेदकहरुका नाममा मोठ श्रेस्ता खडा गरी कानूनबमोजिम दर्ता समेत गरि दिनका लागि प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7656
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2062/12/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7656
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्