नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7655 · वि.सं. २०६३
नि.नं. 7655 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोटर मर्मत गराई ल्याई सकेपछि प्राविधिकवाट जांच गराउंदा रिवाइण्डिङ्ग वा मर्मत कार्य नभएको भन्ने एकता इलेक्ट्रिक वर्क्सपको प्रतिवेदनवाट मोटर रिवाइण्डिङ्ग भएको प्रमाणित हुन नआउने भनी मेकानिकल इन्जिनियर र नेपाल विद्युत प्राधिकरणका सहायक प्रवन्धकको संयुक्त जांच प्रतिवेदन एवं पूर्ण रिवाइण्डिङ्ग गरेको देखिएन भन्ने समेतको मे.ई.दिलीप खतिवडाको प्रतिवेदन समेत हुँदा सो मोटर रिवाइण्डिङ्ग भएको भन्न मिल्ने अवस्था नरहने । § मर्मत भएको भनी स्टेशनसम्म ल्याई मर्मत वापत भनी रु.३५,०००।– रकम भुक्तानी गराउन नापी कितावमा सही समेत गरेको कारण प्रतिवादीले रकम वुझेको कार्यवाट श्री ५ को सरकारलाई हानीनोक्सानी र प्रतिवादीलाई गैरकानूनी लाभ पुर्याएको पुष्टि भएको देखिदा राष्ट्र सेवकले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ७ (१) को कसूर गरेको होइन रहेछ भन्न नमिल्ने । § राष्ट्र सेवक कर्मचारीसंग मिलेमतो गरी नक्कली विल वनाई रकम वुझेको देखिदा प्रतिवादी इश्वरप्रसाद पौडेल समेतले ऐ.को दफा ८(१) को कसूर गरेको हुँदा निज समेत कसूरदार देखिन आउने । (प्रकरण नं.२३) पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिववक्ता राधेश्याम पराजुली
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7655 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2062/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7655 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
