नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7663 · वि.सं. २०६३

नि.नं. 7663 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यस्तो व्यक्तिको रोहवरमा यस्तो अधिकारी समक्ष व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने भनेको अवस्था नभएपछि मरेको व्यक्तिले होस छंदै व्यक्त गरेको हो, हैन ? सो तथ्य पर्याप्त प्रमाणवाट पुष्टि हुन्छ, हुंदैन ? सो कुरा महत्वपूर्ण हुन आउने । § अस्पतालमा डाक्टर वा नर्स समक्ष व्यक्त गरेको कुरा मात्र प्रमाणमा लिन हुने भन्ने स्पष्ट कानूनको अभावमा डक्टर वा नर्स समक्ष भएको मृत्युकालिन घोषणालाई मात्र प्रमाणमा लिन मिल्ने भन्ने विद्वान अधिवक्ताको वहस जिकिर कानून सम्मत नदेखिने । § मृतकले अस्पतालमा आफ्नो होस खुले पछि दिएको वयान (मृत्युकालिन घोषणा) को रोहवरमा वस्ने मृतकका दाजुले अदालतमा उपस्थित भै मृत्युकालिन घोषणाको तथ्यलाई समर्थित हुने गरी वकपत्र गरेको र निजको वकपत्रलाई शंका गरी रहनु पर्ने अवस्था विद्यमान नहुंदा मृतकले आफ्नो होस छंदै आफ्नो मृत्युको कारण सम्वन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.३४) § विद्वान अधिवक्ताले जिकिर लिनु भएवमोजिम मृत्युकालिन घोषणा (Dying Declaration) उपचार गर्ने डाक्टर, नर्स वा यस्तै अस्पतालका जिम्मेवार पदाधिकारीको रोहवरमा भएमा यस्ता विवाद कम हुने, मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्सलाई रोहवरमा राख्न कानूनले वाधा नगरेको सन्दर्भमा महान्यायाधीवक्ताले आफ्नो मातहतका कार्यालयलाई निर्देशन दिए मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्स रोहवरमा राख्न सकिने अवस्था विद्यमान हुंदा सो तर्फ महान्यायाधिवक्ताको ध्यान आकर्षित गराउने । (प्रकरण नं.३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7663
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2063/02/24
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7663
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्