नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7662 · वि.सं. २०६३

नि.नं. 7662 — मोही हककायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कवुलियत जग्गाधनी र मोहीका वीचमा मात्र हुन सक्दछ भने कूत भूमिसम्वन्धी ऐनमा उल्लेख भए अनुसार कवुलियत अनुसार जग्गावालाको प्रतिनिधि भै अर्को व्यक्तिले बुझिलिन सक्दछ । सो व्यवस्था अनुसार जग्गावालाको कवूलियत वेगर अन्य व्यक्तिले गरिदिएको कूत वुझेको भरपाईलाई मान्यता दिन नमिल्ने । § प्रस्तुत मुद्दामा जग्गावाला र मोही वीच जग्गा जोत भोग गर्ने कुराको कानून वमोजिमको कवुलियतको अभाव देखिंदा प्रतिवादीको जग्गा वादीले कमाएको भन्ने गाऊँ सर्जमिन तथा भरपाई समेतको आधारमा प्रतिवादीका नाममा रहेको जग्गामा वादीको मोही हककायम गर्न मिल्ने कानूनी व्यवस्था एवं सिद्धान्त समेतबाट देखिन नआउने । § वादीले ऐनको दफा ३४(१) अनुसार प्रतिवादीको जग्गा कमाउनका लागि कवूलियत भएको भन्ने कुरा स्थापित गर्न नसकेको स्थितिमा प्रतिवादीका नामको जग्गामा वादीको मोहियानी हककायम गरि दिन मिल्ने अवस्था नदेखिंदा कवूलियतको अभावमा मोहियानी हककायम हुन नसक्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7662
मुद्दाको विषयमोही हककायम ।
निर्णय वर्ष / मिति2062/09/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7662
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्