नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7667 · वि.सं. २०६३
नि.नं. 7667 — बाली भराई मोही निष्कशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत मुद्दा पर्नुभन्दा अगावै साँधसँधियारले गरिदिएको बाली मुचुल्कामा विवादित जग्गामा ३४ मुरी धान उब्जनी भएको भन्ने कुरा उल्लेख भएको र उक्त मुचुल्कालाई समर्थन गर्ने गरी पुन मुद्दा परेपछि भएको बाली मुचुल्कामा पनि विवादित जग्गामा ३४ मुरी नै धान उब्जा भएको भनी साँधसंधियारहरु समेतले व्यक्त गरिदिएकोले मुद्दा पर्नु अगावै स्वतन्त्र र निष्पक्ष रुपमा भएको उपरोक्त मुचुल्काहरु तथा साँधसँधियारहरुको यस्तो कथनलाई अदालतले महत्वपूर्ण र प्राथमिक प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । § विवादित जग्गामा २०५१ सालमा ३४ मुरी धान उव्जा भएको कुरा पुष्टि हुन आएवाट प्रतिवादी मोहीले २०५१ सालमा उब्जा भएको उक्त ३४ मुरीको आधा १७ मुरीको हुने रकम रु.६६८१र( कुतवापत नगद धरौटी राखेको देखिएकोले कानूनमा तोकिएको भन्दा घटी कुत धरौट राखेको भन्न नमिल्ने । § ४७ मुरी धान उब्जनी भएको थियो भन्ने अनुमानको आधारमा घटी रकम धरौट राखेको भनी मोही निष्काशन गर्ने गरी भूमिसुधार कार्यालयले गरेको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण देखिएकोले उल्टी भै वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7667 |
|---|---|
| मुद्दाको विषय | बाली भराई मोही निष्कशन । |
| निर्णय वर्ष / मिति | 2063/01/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7667 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
