नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7708 · वि.सं. २०६३

नि.नं. 7708 — संविधानको धारा ८८(१) बमोजिम संविधानसंग बाँझिएको कानून वदर गरी ऐ.धारा ८८(२) अनुसार उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वैक तथा वित्तिय संस्थाहरुको ऋण असुली ऐनको दफा ३ ले ऐनको व्यवस्था लागू हुने बैंक तथा वित्तीय संस्थाहरू भनी त्यसको क्षेत्र निर्धारण गरी एउटा वर्गिकृत समूह निर्माण गरी दफा २२ मा ऋण असूलीसम्बन्धी मुद्दाको पुनरावेदन गर्दा भराउनु पर्ने ठहर भएको रकमको ३० प्रतिशत नगद रकम धरौटी राख्नुपर्ने भनी गरेको व्यवस्था स्वेच्छाचारी वा मनोमानी प्रकृतिको नदेखिने । § ऐनको उद्देश्य पूर्ति गर्नका लागि ऐनको दफा ३ र २२ लगायत अन्य व्यवस्थालाई समानताको हक र सिद्धान्त बिपरीत भन्न नमिल्ने । (प्रकरण नं.१५) § ३० प्रतिशत नगद धरौट नभएको भन्ने आधारमा पुनरावेदन दरपीठ गरेको देखिएकोले कानूनको प्रावधानलाई अनुशरण गरी पुनरावेदन दर्ता गर्न इन्कार गरेकोलाई त्रुटिपूर्ण र कानून बिपरीत मान्न नमिल्ने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7708
मुद्दाको विषयसंविधानको धारा ८८(१) बमोजिम संविधानसंग बाँझिएको कानून वदर गरी ऐ.धारा ८८(२) अनुसार उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2062/11/11
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7708
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्