नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7713 · वि.सं. २०६३
नि.नं. 7713 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ३ वर्ष ८ महिना १९ दिन पश्चात मात्र वण्डा छुट्याई पाऊ भनी दरखास्त पर्न आएको अवस्था हुंदा उक्त दरखास्त उपरोक्त दण्ड सजायको ४६ नं. को हदम्याद नाघी दायर हुन आएको स्पष्ट देखिने । § जिल्ला अदालतबाट त्यस्तो दरखास्त लिने गरी भएको निर्णय तथा वण्डा छुट्याईदिने गरी भएको वण्डा मुचुल्का समेत दण्ड संजायको ४६ नं. को देहाय १ को कानूनी व्यवस्थाको प्रतिकूल देखिने । § जिल्ला अदालत समेतबाट वण्डा छुट्याउने सम्वन्धमा दरखास्त दिने लिने र सो दरखास्त उपर कारवाही गरी वण्डा छुट्याई दिने गरी भएको सम्पूर्ण काम कारवाहीमा प्रत्यक्ष कानूनी त्रूटि (Apperant legal error) देखिंदा त्यस्तो प्रत्यक्ष कानूनी त्रुटिपूर्ण काम कारवाहीलाई वैद्यता दिने गरी भएको पुनरावदेन अदालतको आदेश समेत दण्ड सजायको ४६ को देहाय १ को कानूनी व्यवस्था प्रतिकूल देखिने । (प्रकरण नं. ११) § जिल्ला अदालतबाट वण्डा छुट्याई पाऊ भन्ने निवेदन दर्ता गर्ने आदेश र सो आदेशको आधारमा गरेको वण्डा मुचुल्का तथा सो वण्डा मुचुल्का सदर गरेको पु.वे.अ.को आदेश लगायतका सम्पूर्ण कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7713 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2063/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7713 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
