नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7706 · वि.सं. २०६३
नि.नं. 7706 — नामसारी दर्ता बदर अपूताली दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २००४ सालमा वण्डा पत्र पारित भै छुटिृसकेपछि पितासंग बस्न आएको र पुनरावेदकले पालन पोषण गरेको भनी पुनरावेदकले भनेता पनि पछि पुनः सगोलमा बसेको कुनै प्रमाण योग्य कागज नभएको अवस्थामा केवल फिराद र पुनरावेदनमा जिकिर लिएकै आधारमा मात्र संग बसेको वा मानो जोडिएको भन्ने मान्न नमिल्ने । § पारीवारिक विषयमा सर्जमिनको एक आधार मात्र भरपर्दो प्रमाण मान्न नसकिने । § स्व.जनक कुमारी सगोलमा रहनु भएको बखत परलोक हुनु भएकोले निजको पालनपोषण र काजकृया पनि आफूले गरेको हुँदा निजको नाउँको जग्गाहरु अपूतालीको ११ नं. बमोजिम आधा जग्गामा हक कायम गरिपाऊँ भन्ने पुनरावेदन जिकीर पुग्न नसक्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7706 |
|---|---|
| मुद्दाको विषय | नामसारी दर्ता बदर अपूताली दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2063/05/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7706 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
