नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7712 · वि.सं. २०६३

नि.नं. 7712 — अख्तियार दुरूपयोग गरी भष्ट्राचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार कायम गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत हुन जाने । § मुद्दाको तथ्यगत अवस्थाबाटै आरोपित कसूर ठहर गर्न सो कार्यालय र पदाधिकारीलाई अलग्याएर कदापि नमिल्ने । § वादी पक्षले नै प्रतिवादी बनाउन नसकेको पदाधिकारी वा निकायलाई अदालत आफैं वादी वनी कसूरदार ठहर गर्न नमिल्ने । § मुद्दाको सुनुवाईको क्रममा पछिबाट देखिएको कुनै नविन तथ्यका सम्बन्धमा स्पष्ट हुन आवश्यक देखिएमा मात्र मुलुकी ऐन अ.वं. १३९ नं. को प्रयोग हुने । § वादी पक्षले जानी जानी प्रतिवादी नबनाएको पक्षलाई अदालत आफैं सक्रिय भई अ.वं. १३९ नं. को प्रयोग गरी झिकाई रहने हो भने अभियोजन पक्षको काम अदालत आफैले लिए सरह हुन जान्छ जुन Adversial कानूनी प्रणाली अवलम्बन गरिएको हाम्रो जस्तो न्यायिक परिपाटीको मूल्य र मान्यता समेतका विपरीत हुन जाने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7712
मुद्दाको विषयअख्तियार दुरूपयोग गरी भष्ट्राचार गरेको
निर्णय वर्ष / मिति2063/01/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7712
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्