नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7703 · वि.सं. २०६३

नि.नं. 7703 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेन व्यवहारको ८ नं. वमोजिमको एकाघरको मुख्य मानिस रहे भएको भन्ने व्यवहार प्रमाणवाट समेत देखिन नआएको स्थितिमा वावु जिवित छदैको अवस्थामा प्रतिवादीलाई घरको मुख्य व्यक्ति मान्न नमिल्ने । § कानून वमोजिमको प्रक्रिया नपुराई गरेको व्यवहारको सम्बन्धमा लेनदेन व्यवहारको १० नं.अनुरुप वादी दावी वमोजिमको लिखतको दायित्व वहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पनि सोही सम्पत्ती वेचविखन गर्ने वा हक छाड्ने व्यक्ति माथिनै निहित रहने । § कानूनले नै लिखतको हैसियत र सो लिखत वमोजिमको थैली तिर्नुपर्ने दायित्वको वारेमा स्पष्ट व्यवस्था गरेको अवस्थामा उक्त कानूनको गलत व्याख्या गरी दावीको लिखतको दायित्व यि पुनरावेदक प्रतिवादीहरु समेतले व्यहोर्नु पर्ने गरी भए गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7703
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2063/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7703
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्