नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7719 · वि.सं. २०६३

नि.नं. 7719 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दिने व्यक्तिले आफ्नो वयानमा रु.१०००। दिएको भन्ने भनाई नभएको अवस्थामा यसको पुष्टी नभएपछि प्रतिवादीहरुले भ्रष्टाचार जन्य कार्य गरेको भन्न नमिल्ने । (प्रकरण नं.३४) § विवादित कर्जा २०४४/ २०४५ साल सम्ममा प्रवाह भएको र राष्ट्रिय वाणिज्य बैंकबाट मिति २०४६।११।९ मा परिपत्र हुँदा मात्र फोटोकपी वा अन्य कागजात प्रमाणित गर्ने भनी भएको परिपत्रमा अवदेखि ग्राहकले पेश गर्ने कागजमा फोटोकपी प्रमाणित गरी मात्र लिनु भन्ने उल्लेख भएकोवाट यस भन्दा अगाडि वेप्रमाणित फोटोकपी लिने भन्ने कुराको प्रचलन भई राखेको भन्ने देखिंदा फोटोकपीका आधारमा ऋण प्रवाह गरेको कुरालाई अन्यथा भन्न नमिल्ने। § धितोवाट कर्जा उठ्ने संभावना छैन भन्ने अभियोग पनि नभएको र झुठ्ठा जग्गा धितो दिई लिई बैंकलाई हानी नोक्सानी भएको तथ्य देखाउन नसकेकोवाट वैकले आफ्नो धितो रोक्का राखेको जग्गावाट असुल उपर गर्न पाउने कुरामा विवाद नभएको र धितो स्वरुप राखेको जग्गावाट बैंकलाई यति घाटा वा नोक्सान भएको भन्ने पनि दावी नभएको अवस्थामा प्रतिवादीहरुवाट भ्रष्टाचारजन्य कार्य भयो भन्नु न्यायसंगत नहुने । (प्रकरण नं.३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7719
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2063/06/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7719
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्