नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7722 · वि.सं. २०६३

नि.नं. 7722 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दृष्टिबन्धकी लिखत हुनुभन्दा अगाडि जनकपुर चुरोट कारखाना र जगत कुमार गौतमका बीचमा जे जस्तो सम्बन्ध भएपनि उक्त दृष्टिवन्धकीको लिखत भएपछि जनकपुर चुरोट कारखाना साहु र प्रतिवादी आसामीको हैसियतमा रहेको मान्नु पर्ने हुँदा दृष्टिबन्धकी लिखतको विषय समावेश भएको मुद्दा फौज्दारी नभै देवानी हुने । (प्रकरण नं.१७) § देवानी मुद्दाको लेनदेनका विषयमा मुलुकी ऐन, लेनदेन व्यवहारको ३ नं. आकृष्ट हुने र सोही वमोजिमको प्रकृया अपनाई साहुले आफ्नो लेना असुल गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा बादी जनकपुर चुरोट कारखानाले लेनदेन व्यवहारको ३ नं. को ऐन नसमाती लाग्नै नसक्ने फौजदारी प्रकृतीको मूलुकी ऐन वाँकी नतिर्नेको ३क. अंगाली दायर गरेको फिराद लाई कानून अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं.१७) § जसले जुन कुरामा मुद्दा चलाउन पाउने हो त्यसो नगरी अर्कै निकाय वा व्यक्तिवाट चलायको मुद्दा कायम रहन नसक्ने व्यवस्था अ.वं.८२ नं.ले गरेको मा प्रस्तुत मुद्दा सरकार वादी नभै जनकपुर चुरोट कारखाना ली.वादी भै चलाए पनि प्रस्तुत फिरादलाई कायम राखी सो वाट इन्साफमा प्रवेश गर्न नमिल्ने । § दृष्टिबन्धक लेखी दिनु स्वयंमा कुनै फौज्दारी दायित्वको विषय नभै देवानी दायित्वको विषय हुने हुँदा यस्तोमा चिनु सुवेदीलाई प्रतिवादी वनाएको विषयले पनि जनकपुर चुरोट कारखाना आफैंले प्रस्तुत फिरादको विषय देवानी लेनदेनको विषय भनी व्यवहारवाट स्वीकार गरेको प्रष्ट हुने । (प्रकरण नं.१८) § सम्बन्धित ऐन लेनदेन व्यवहारको ३ नं. वमोजिम कारवाही नबढाई अधिकारबिहिन निकायले लाग्नै नसक्ने मुलुकी ऐन वांकी नतिर्नेको ३क वमोजिमको फिरादबाट वादी दावी वमोजिम प्रतिवादीवाट विगो भराई विगो वमोजिम जरिवाना समेत गर्ने ठहर गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखिंदा फिराद खारेज हुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7722
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2063/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7722
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्