नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7720 · वि.सं. २०६३
नि.नं. 7720 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित सम्पत्ति वण्डा गर्न नपर्ने आफ्नो निजी सम्पत्ति हो भनी दावी लिने प्रतिवादीले नै उक्त सम्पत्ति निजी भएको प्रमाण पुर्याउनु पर्ने । § कुनै प्रमाणबाट निजी सम्पत्ति भन्ने नदेखिंदा राजिनामाको कैफियत महलमा दाइजो पेवाको सम्पत्ति भनी उल्लेख गरी राजिनामा गरिदिने व्यक्तिले राजिनामा गरिदिएकै आधारमा मात्र त्यस्तो लिखतमा साक्षीसम्म पनि नराखिएका वादीको अंशहकमा प्रतिकूल असर पर्ने गरी उक्त सम्पत्तिलाई प्रतिवादीको निजी सम्पत्ति मान्नु न्यायोचित नहुने । § प्रतिवादीका नाउंमा विभिन्न मितिमा राजिनामाबाट प्राप्त भएको विवादित सम्पत्ति अंशबण्डाको १८ नं. बमोजिम निजी आर्जको सम्पत्ति ठहर्न नआएको स्थितिमा उक्त सम्पत्ति निजी आर्जनको भनी वण्डा गर्न कर नलाग्ने भन्ने प्रतिवादीहरुको जिकिरसंग सहमत हुन नसकिने। (प्रकरण नं.१२) · राजिनामाबाट प्राप्त सम्पत्ति निजको निजी आर्जनको सम्पत्ति भन्ने नदेखिएपछि प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम पनि सो सम्पत्ति सगोलको सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7720 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2063/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7720 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
