नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7710 · वि.सं. २०६३

नि.नं. 7710 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कृषि अर्थशास्त्र विषय लिइ अर्थशास्त्रमा एम.ए. गरी सोहीलाई नै मूल विषय मानी सेवा प्रवेश गरेपछि सोही सरहको: .Sc. in Agricultural Economics र M.Sc. in Rural Development लाई निजहरुको हालको न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो उपाधि हो भनी मान्न तर्कसंगत नदेखिने । § समान स्तर अर्थात दुइ वटा Master Degree लाई नै एउटालाई न्यूनतम र अर्कालाई सो भन्दा माथिल्लो डिग्री मान्न न्याय र विवेकसम्मत हुन नसक्ने । (प्रकरण नं.१६) § सेवा प्रवेश गर्दा तोकिएको न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित विषयको शैक्षिक उपाधिलाई मात्र बढुवा प्रयोजनका लागि अतिरिक्त शैक्षिक योग्यता वापतको अंक दिन मिल्नेमा सोही सरहको: M.Sc. in Agricultural Economics र M.Sc. in Rural Development लाई अतिरिक्त शैक्षिक योग्यता वापत अंक दिई जोडी विपक्षी बढुवा समितिले प्रकाशित गरेको सूचना र सोलाई सदर गर्ने लोकसेवा आयोगको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7710
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2063/05/29
न्यायाधीशमाननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री तप बहादर मगर | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7710
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्