नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7711 · वि.सं. २०६३
नि.नं. 7711 — अवहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कम्पनीलाई तिर्नुपर्ने सांवा व्याज बुझाएको अवस्थामा धितो रहेको सम्पत्ति वादीलाई नै फिर्ता दिन सकिने देखिदा निवेदकले भने बमोजिम अदालतको आदेशलाई स्पष्ट रुपमा विपक्षीले अवज्ञा गरेको मान्न नमिल्ने । § अदालतको अवहेलनाको लागि कुनै कार्य (Actus) भन्दा नियत वा मनसाय (Intention) कस्तो छ, त्यसले कति असर पुर्याउँछ, त्यसमा बिचार गर्नुपर्ने । § फाइनान्स कम्पनीको आदेशको अवज्ञा गर्ने भन्दा पनि आफ्नो कर्जा उठाउने कुरा महत्वपूर्ण देखिन्छ । त्यसमा पनि सांवा व्याज बुझाएको अवस्थामा जुनसुकै अवस्थामा पनि सम्पत्ति फिर्ता दिन मंजूर भएको आशय देखिएको र सांवाव्याज बुझाएको अवस्थामा विपक्षी कम्पनीको धितो फिर्ता गर्नुपर्ने दायित्व समेत रहेको हुँदा अदालतको आदेशको स्पष्ट अवज्ञा भएको मान्न नसकिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7711 |
|---|---|
| मुद्दाको विषय | अवहेलना |
| निर्णय वर्ष / मिति | 2063/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्रीमती शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7711 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
