नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7714 · वि.सं. २०६३
नि.नं. 7714 — लागू औषध गाँजा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक कसूरमा संलग्न रहेका भनी अनुसन्धान क्रममा बयान गर्दा सहअभियुक्तले गरेको पोल मात्रलाई यी पुनरावेदकलाई कसूरदार ठहर गर्ने पर्याप्त प्रमाण मान्न नमिल्ने । § प्रतिवादी पदमबहादुर समेतलाई बारदातका दिन पक्राउ गरेको भनी बकपत्र गरेको भएपनि यी प्रतिवादीको अनुसन्धान क्रममा बयान नभएको र निजलाई पक्राउ गरेको भन्ने जिल्ला प्रहरी कार्यालयको पत्र भएबाट प्रतिवेदक प्रहरीहरुको सो भनाई प्रमाण ग्राह्य नदेखिने । § अदालतले एउटै तथ्यलाई एक मुद्दामा मान्यता दिनु र अर्को मुद्दामा मान्यता नदिनु न्यायपूर्ण हुन नसक्ने । § अदालतमा इन्कारी बयान गर्ने सह अभियुक्तले अनुसन्धान क्रममा गरेको पोल बाहेक पुनरावेदक विरुद्ध प्रमाण लाग्ने ठोस सबुद मौजुद नरहेको, प्रतिवेदक प्रहरीहरुले पनि अदालतमा बकपत्र गर्दा यी पुनरावेदकलाई गडाउ गर्न नसकेको अवस्थामा अभियोग दावीबमोजिम कसूर गरेको ठहराएको जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं.३४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7714 |
|---|---|
| मुद्दाको विषय | लागू औषध गाँजा |
| निर्णय वर्ष / मिति | 2063/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7714 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
