नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7699 · वि.सं. २०६३
नि.नं. 7699 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. को विषय विषयमा छुट्टा छुट्टै वनेको कानूनमा लेखिए जतिमा सोही कानून वमोजिम र सो कानूनमा नलेखिएकोमा मुलुकी ऐन वमोजिम गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा मध्यस्थता ऐन, २०५५ अनुसारको विवादमा म्याद तारेख थाम्ने सम्वन्धमा मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९ को कानूनी व्यवस्था वाहेक अ.वं. ५९ नं. को व्यवस्था आकर्षित हुने अवस्था नदेखिने । § पक्ष वा विपक्षले जुन रुपको निवेदन ल्याउछ त्यसलाई स्वीकार्नु अनिवार्य नभै कानूनी व्यवस्था विपरीतको निवेदन वा माग छ भने अदालतले कानूनी व्यवस्था विपरीत निवेदन दिन ल्याउनेलाई मौकामै अवगत गराउनु पर्ने । § निवेदकले मध्यस्थता (अदालती कार्यविधि) नियमावलीको नियम १४(३) को उल्लेख गरी गुज्रेको तारेख थाम्न माग गर्नुपर्नेमा अ.वं. ५९ नं. उल्लेख गरेको भएपनि मध्यस्थता (अदालती कार्यविधि) नियमावलीको नियम १४(३) व्यवस्था भित्रकै निवेदन देखिन आउनेमा अदालतले तारेख थाम्दा आकर्षित हुने कानूनी व्यवस्था अनुसार तारेख थाम्नु पर्नेमा आकर्षित नै नहुने कानूनी व्यवस्था उल्लेख गरी तारेख थामेको कार्य कानूनी व्यवस्था हेरी वुझी गरेको मान्न नमिल्ने । (प्रकरण नं.१०) § मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९ को नियम १४(३) अनुसारको थामी पाउने म्याद ७ दिन भित्र नै अदालत प्रवेश गरी सकेको पक्षलाई केवल गलत कानूनको उल्लेख गरेको भन्दैमा मध्यस्थता (अदालती कार्यविधि) नियमावली, २०५९ को नियम १४(३) वमोजिम गुज्रेको म्याद थामिन सक्नेमा अदालतले कानूनी व्यवस्था हेरी वुझी तारेख थामेको अवस्था नभएकोमा निवेदनमा गलत कानूनको उल्लेख भएको भन्दैमा न्याय नै इन्कार गर्न नमिल्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7699 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2063/05/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7699 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
