नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7717 · वि.सं. २०६३

नि.नं. 7717 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नो गाडी हराएको र हराएको गाडी निवेदक कहाँ लुकाएको आशंका गरी प्रत्यर्थीमा खोजतलास र अनुसन्धानका लागि निवेदन दिएको सिलसिलामा निवेदकलाई सोधपुछका लागि ल्याइ सोधपुछ गरी छाडिएको देखिदा निवेदक समेतलाई आशंका गरी परेको निवेदनका आधारमा निवेदकलाई इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि उपस्थित गराउन मिल्ने । § सोधपुछका लागि निवेदकलाई कार्यालयमा उपस्थित गराई सोधपुछ पछि छाडिएको र निवेदकलाई कुनै कागज नगराएको इलाका प्रहरी कार्यालयको लिखित जवाफ परिरहेको स्थितिमा निवेदनमा उल्लेखित कुनै किसिमको आशंकाको विद्यमानता रहेको भन्ने नदेखिनाले निषेधाज्ञाको आदेश जारी हुनपर्ने अवस्था नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7717
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2063/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7717
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्