नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7707 · वि.सं. २०६३
नि.नं. 7707 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीहरु बैंकका कर्मचारी भएका हुँदा ऋण प्रवाह सम्बन्धमा उक्त वैंकको ऐन नियम अनुसार कानूनी कार्यविधी पुर्याएर मात्र ऋण प्रवाह गर्नु पर्नेमा कानूनको रित नै नपुर्याईकाल्पनीक मानिस र काल्पनीक धितो खडा गरी कर्जा प्रवाह गर्ने प्रतिवादीहरुको कार्यमा Malafide Intention देखिने । (प्रकरण नं.२२) § अपराधमा सरकार वादी भई मुद्दा चल्ने व्यवस्था गरेको हुंदा बैंक आफैले नालेस गरी विगो असूल गर्न सक्ने भन्ने पुनरावेदन अदालतको तर्कसंग सहमत हुन नसकिने । (प्रकरण नं.२४) § भ्रष्टाचारको अपराधमा विगो असुल गर्ने मात्र कानूनको मनसाय होइन । समाजमा स्वच्छ प्रशासन कायम राखी उच्च नैतिकता कायम राख्न भ्रष्टाचारको कसूरमा अभियुक्तलाई कैद सजाय गरी deterent effect सिर्जना गर्ने समेतको ऐनको लक्ष्य र उद्धेश्य हुने । § प्रस्तुत मुद्दाका प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र २९ को स्पष्ट अभियोग माग दावी भएको देखिदा देखिदै उक्त भ्रष्टाचार निवारण ऐन अनुसार नै प्रतिवादीहरुलाई सजाय गर्नु पर्नेमा सो ऐनको कसूर अपराधवाट पूर्णतया सफाई दिने ठहराएको पुनरावेदन अदालतको फैसला उपरोक्त भ्रष्टाचार सम्बन्धी कानूनी व्यवस्थाको त्रुटि हुनुका साथै प्रतिपादित सिद्धान्त समेत विपरित भएको देखिने । (प्रकरण नं.२५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7707 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2063/02/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7707 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
