सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३३ / ४४०

नि.नं. 8343वि.सं. २०६७संयुक्त इजलास

करार भंग बिगो भराइपाऊं

§ जुन विषयको सम्बन्धमा (धरौटी रकम जफत) करारले स्पष्टरुपमा सम्वोधन गरेको छैन त्यस्तो अवस्थामा केवल एकपक्षीय रुपबाट गरिएको विवादित करारको व्याख्यालाई कानूनसम्मत एवं विवेकसम्मत मान्न नसकिने । (प्रकरण नं.३) § जुन कुरालाई विवादका पक्षहरूले करार गर्दाकै अवस्थामा स्प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8342वि.सं. २०६७संयुक्त इजलास

अदालतको अपहेलना

§ अदालतको गरिमा र मर्यादा कायम गरी जनविश्वास अक्षुण्ण राख्दै जनविश्वास अभिवृद्धि गर्नु नै अपहेलनाको कारवाहीको मकसद हुने हुँदा कसैले आत्मआलोचना गरी क्षमा माग्दछ र अदालतप्रति विश्वास व्यक्त गर्दछ भने अदालत त्यसप्रति क्षमाशील हुनुपर्ने । § स्वच्छ टीकाटिप्पणी र आल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8341वि.सं. २०६७संयुक्त इजलास

निर्णय बदर

§ सम्बन्धित निकायलाई करार सेवा आवश्यक नभएमा वा करारमा नियुक्त कर्मचारीबाट आफूलाई सन्तोषजनक सेवा उपलब्ध नभएमा वा त्यस्तो कर्मचारीबाट इमानदारितापूर्वक काम कारवाही नभएमा समेत निजको सेवालाई निरन्तरता दिने या नदिने भन्ने विषयमा सम्बन्धित निकायबाटै अन्तिम निर्णय गरि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8340वि.सं. २०६७संयुक्त इजलास

भ्रष्टाचार ।

§ अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निजउपर नै हुन्छ । खल्तीबाट घूसको रकम वरामद भएको अवस्थामा घूस रिसवत लिएको होइन भनी जिकीरसम्म लिएको तर त्यसलाई कुनै वस्तुनिष्ठ प्रमाण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8339वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण, प्रतिषेध तथा परमादेश ।

§ संविधानमा व्यवस्थित हक स्वतः उपभोगयोग्य नभएको अवस्थामा स्वयम् क्रियाशील रहेका अन्य मौलिक हकहरूको तुलनामा यस्ता शर्तयुक्त मौलिक हकलाई अन्य स्वतः क्रियाशील हकहरू सरह समान रुपले हेर्न नमिल्ने । § स्वयम् क्रियाशील हकहरू नागरिकहरूद्वारा बिना रोकतोक वा शर्तहीन रुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8338वि.सं. २०६७पूर्ण इजलास

गुठी कायम

§ केवल पहिलेदेखि अविछिन्न दर्तावाला मोही रहेको भन्ने बिना तथ्यको लेखाई सम्मकै आधारलाई अदालतले प्रमाणको रुपमा ग्रहण गर्नु कानूनसंगत नहुने । (प्रकरण नं.२) § कुनै पनि जग्गामा मोहीको हैसियतले दावी गर्ने व्यक्तिले त्यस्तो जग्गाको जग्गाधनी हो भनी देखाएको जग्गाधनीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8337वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत

§ सर्वोच्च अदालतमा मुद्दाहरूको चाप रहेको र ढिलो न्याय सम्पादन हुने गरेको भन्ने सतही आधारमा न्यायपालिकाको नेतृत्व गर्ने प्रधान न्यायाधीश बाहेकको अन्य कुनै निकाय वा पदाधिकारीले सर्वोच्च अदालतको इजलास काठमाडौंभन्दा बाहेक अन्य स्थानमा पनि कायम गर्ने सम्बन्धमा निर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8336वि.सं. २०६७संयुक्त इजलास

राजीनामा लिखत बदर

 जीवनकालपछि बाँकी रहेको सम्पत्ति पाउने हक मिलापत्रले सुरक्षित गरेको कारणले जीवनकालमा नै आफ्नो सो सम्पत्ति बेचबिखन, दान दातव्य वा हक हस्तान्तरण गर्ने स्वामित्वमा अन्तरनिहित अविभाज्य अधिकारलाई सीमित गर्न सक्छ भनी अर्थ गर्नु सम्पत्तिको स्वामित्वसम्बन्धी सिद्धान्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8335वि.सं. २०६७संयुक्त इजलास

अंश चलन समेत ।

अंश चलन

 स्वभाविक रुपमा जन्मेका प्रमाण र पछिबाट कुनै उद्देश्य प्राप्तिका लागि खडा भएका प्रमाणको विश्वसनीयता समान हुन नसक्ने ।  बिना कुनै कारण कुनै पनि व्यक्तिद्वारा सहज रूपमा खडा भएको र पारिवारिक स्थिति समेत उल्लेख गर्नै पर्ने प्रकृतिको आधिकारिक लिखतमा उद्घोष नगरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8334वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

ड्ड नेपाल सरकारले EIO को प्रस्ताव आह्वान गरेको Respones मा सहभागी हुन आउने जुनसुकै कम्पनी विरुद्ध राज्यको तर्फबाट स्वेच्छाचारी र भेदभावपूर्ण व्यवहार हुन्छ भने त्यस्तो अवस्थामा कुनै पनि Invester लाई आफ्नो मर्का फुकाउने Forum विहीन अवस्थामा राख्न नहुने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8333वि.सं. २०६७संयुक्त इजलास

निर्णय दर्ता बदर हक कायम

 जग्गा नापजाँच हुँदाको अवस्थामा कसैको हकभोगको दावी नभएको र तत्कालीन अवस्थामा जंगल देखिई फिल्डवुकमा पनि जंगल जनिएको जग्गा सो ऐनको प्रावधानअनुरूप स्वतः सरकारी जग्गाको परिभाषाअन्तर्गत पर्न आउने हुँदा दावी लिएको जग्गाको अवस्थिति दावीअनुरूपको खेतको प्रकृतिको जग्गा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8332वि.सं. २०६७संयुक्त इजलास

परमादेश

 जेष्ठ नागरिकको समूह वा वर्ग राज्यको वा समाजको एउटा अवधिको जीवन्त इतिहास र मानवीय प्रतिवम्ब नै भएको हुँदा यस्तो वर्गप्रति सम्बन्धित राज्यले निर्वाह गर्ने कर्तव्य र दायित्वबाट उक्त राज्यको प्रजातान्त्रिक छवि एवं मानवाधिकारको सम्मान गर्ने चरित्रलाई नै पृष्ठपोषण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8331वि.सं. २०६७संयुक्त इजलास

भ्रष्टाचार

 आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर जमानत दिने व्यक्तिको सीमा स्वीकृती नगराई एउटै व्यक्तिको जमानीमा ठूलो रकमको प्रतीतपत्र खोल्दा बैकलाई हानि नोक्सानी पुग्न सक्छ र प्रतीतपत्र खोल्ने व्यक्तिहरूले गैरकानूनी लाभ प्राप्त गर्नसक्ने सम्भावना रहन्छ भन्ने सामान्य अनुम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8330वि.सं. २०६७संयुक्त इजलास

कर्तव्य ज्यान

 कुनै एउटा तथ्यमा सावित भए पनि त्यसबाट निजउपरको सम्पूर्ण अभियोगको पुष्टि नहुने ।  समग्र परिस्थिति र घटनाक्रमलाई सूक्ष्मरुपमा विश्लेषण नगरी केवल सावितीकै आधारमा मात्र कसैउपर कसूर कायम गरी सजाय गर्नु न्यायसंगत नहुने ।  विरोधाभाषपूर्ण र अस्पष्ट बयानलाई अन्य प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8329वि.सं. २०६७पूर्ण इजलास

उत्प्रेषण

 न्यायिक पुनरावलोकन हुन नसक्ने भनी संविधानले निर्धारण गरेका सीमा रेखाहरू संविधानले अंगीकार गरेका आधारभूत सिद्धान्त, मूल्य तथा मान्यताहरूसँग मेल नखाने भएमा वा संविधानद्वारा प्रदत्त मौलिक हक हनन् गर्ने खालका काम कारवाही वा निर्णयहरू समेत न्यायिक पुनरावलोकनको दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8328वि.सं. २०६७पूर्ण इजलास

हक सफा

 फिरादपत्रमा दावी गरिएको राजीनामाको लिखत देख्न नपाएको भन्ने समेतको जिकीर गर्दै फिरादपत्रमा उल्लेख गरेको कित्ता नं. लिखतभन्दा फरक परे पनि लिखतमा लेखिएको कित्ता नम्बरकै जग्गाको हकमा दावी गरिएको अवस्थामा फिरादपत्रमा लेखिएको र लिखतमा लेखिएको जग्गाको कित्ता नम्बर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8327वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण

 करार एगदष्अि ीबध मयmबष्ल भित्र पर्देैन । करार एचष्खबतभ ीबध मयmबष्ल भित्र पर्ने विषय हो । करार दुइ पक्षले वरावरीको हैसियतले सम्पन्न हुन्छ । राज्यले नागरिकसँग करार गर्दा पनि क्यखभचभष्नल ब्गतजयचष्तथ को हैसियतले भ्हभअगतष्खभ एयधभच अन्तर्गत नभई क्तबतगतबचथ एयधभच अन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8326वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण परमादेश समेत

 विद्यायिकाले नै सरकारले नियम बनाई नियमन गर्न पाउने गरी छाडेको शुल्क वा दस्तूरसम्बन्धी नीतिगत बिषयमा यो यसलाई यो यति दरमा शुल्क वा दस्तूर लिनु उपयुक्त हुन्छ वा हुँदैन भनी निर्देश गर्न वा औंल्याउन न्यायोचित नहुने । (प्रकरण नं.१२)  मुनाफा आर्जन गर्ने प्रसारण स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8325वि.सं. २०६७पूर्ण इजलास

कर्तव्य ज्यान

 फैसलामा भएका त्रुटिहरू सच्याउने प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको मुद्दाका पक्षका हकमा कानूनद्वारा निश्चित गरिएको प्रक्रियाभन्दा बाहिरबाट अदालत आफैं सक्रिय भई तल्लो अदालतको फैसला उल्टाई न्याय निरुपण गर्दा त्यसल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8324वि.सं. २०६७पूर्ण इजलास

उत्प्रेषण

 सरकारले आफूद्वारा नियन्त्रित संस्था सञ्चालन वा त्यसले गर्ने कार्य निजी क्षेत्रलाई कति दिने, कसरी दिने वा के गर्ने भन्ने कुरा सरकारको नीतिगत विषय हुँदा अदालतले निर्देशित गर्न नसक्ने भएकाले सुलभ र गुणस्तरयुक्त पेट्रोलियम पदार्थको उपभोगको सुनिश्चितताका लागि नेप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8323वि.सं. २०६७पूर्ण इजलास

लिखत दर्ता बदर दर्ता ।

 अ.वं. ३० नं. आकर्षित हुनका लागि मुद्दाका कुनै पक्षसँग न्यायकर्ताको सम्बन्ध देखिनु पर्छ । मुद्दाका कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सम्बन्ध नदेखिएको अवस्थामा लगाउको कुनै एक मुद्दामा अ.वं. ३० नं. को प्रश्न उठेको भन्दैमा सबै मुद्दालाई मिसाएर अन्यौल, अनिश्चय र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8322वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण, परमादेश ।

§ नियुक्त गर्ने अधिकारीले परीक्षणकालमा रहेकालाई सेवाबाट हटाउन मिल्ने प्रावधान भएपनि सो अधिकार स्वेच्छाचारी एवं अनियन्त्रित बनाउनको लागि प्रदान गरिएको हो भन्ने तर्क गर्नु न्यायोचित नहुने । § वस्तुनिष्ठ आधार र पर्याप्त कारण तथा औचित्यको विश्लेषण बिना न्यायिक मनक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8321वि.सं. २०६७संयुक्त इजलास

ठगी ।

§ सँगठित अपराधको प्रकृति सामान्य अपराध भन्दा पृथक हुन्छ । अपराधका यी दुवै प्रकृतिलाई एउटै दृष्टिले हेर्न सकिन्न । वृहत्त योजना र विस्तारित तैयारीका साथ सम्पन्न हुन सँगठित अपराधमा धेरै व्यक्तिको वेग्ला वेग्लै भूमिका हुन्छ । पृथक–पृथक व्यक्तिको फरक–फरक कार्यले ए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8320वि.सं. २०६७संयुक्त इजलास

हक कायम

§ पिता पुर्खाले बनाएको स्वबासी घर जग्गा निरन्तररुपमा भोग गरिआएको भन्ने दावी रहेकोमा १९१२ सालको लालमोहरभित्रको जग्गामा बनेको घर वादीलाई बहालमासम्म बस्न दिएको भन्ने इन्कारी प्रतिउत्तर देखिएकोले विवादित घरजग्गाको कसको हो भनी हकबेहकको प्रश्नमा नै वादी प्रतिवादीबीच…

नजिर सार पढ्नुहोस् →