नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8335 · वि.सं. २०६७

नि.नं. 8335 — अंश चलन समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

 स्वभाविक रुपमा जन्मेका प्रमाण र पछिबाट कुनै उद्देश्य प्राप्तिका लागि खडा भएका प्रमाणको विश्वसनीयता समान हुन नसक्ने ।  बिना कुनै कारण कुनै पनि व्यक्तिद्वारा सहज रूपमा खडा भएको र पारिवारिक स्थिति समेत उल्लेख गर्नै पर्ने प्रकृतिको आधिकारिक लिखतमा उद्घोष नगरेको कुरालाई निजको देहान्तपछि निजको सम्पत्ति समेतका सन्दर्भमा सत्य मानी मृतकका घोषणाका प्रतिकूल अवधारणा बनाउन न्यायसंगत नहुने ।  दुई विपरीत प्रकृतिका प्रमाणहरू प्रस्तुत भएकोमा अदालतले आधार लिने भनेको तिनको विश्वसनीयताको मात्रा र प्रकृति हो । कानूनबमोजिम पारित लिखतद्वारा सिर्जित सम्बन्ध तथा रक्त सम्बन्धका आधारमा कायम हुने नाता सम्बन्ध र स्नेहवस वा संरक्षकत्वका हिसाबले केवल सम्बोधनका रूपमा प्रयोग हुने नाता सम्बन्धमा अन्तर छ । केवल पहिलो अर्थात् रक्त तथा कानूनी सम्बन्धले मात्र कानूनी अधिकार र दायित्व जन्माउने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8335
मुद्दाको विषयअंश चलन समेत ।
निर्णय वर्ष / मिति2066/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६५-CI-००४३
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्