सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३२ / ४४०

नि.नं. 8367वि.सं. २०६७संयुक्त इजलास

गुठी तैनाथी जग्गा कायम गरेको ।

§ जग्गाको लगत स्रेस्ता गुठी तैनाथी भैरहेको अवस्थामा सो लगतलाई खण्डन गर्ने बलियो प्रमाणको अभावमा कुनै कानूनले अधिकार नदिएको पदाधिकारी र कार्यालयले कानूनविपरीत गरेको काम कानूनसम्मत नहुने हुँदा त्यस्तो निर्णय र त्यसको आधारमा भएको अन्य काम कारवाहीले समेत वैधानिकता…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8366वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण समेत ।

§ के कुन कानूनी व्यवस्था अमान्य र बदर हुनुपर्ने हो भन्ने युक्तियुक्त आधार उल्लेख गरी स्पष्ट दावी लिन नसकी घुमाउरो भाषाको प्रयोग गरी आफ्नो संविधानप्रदत्त हकमा आघात पुगेको भनी सम्भावना तथा अनुमानको भरमा नितान्त निजी धारणा वनाई लिएको निवेदन दावीको आधारमा अदालत स्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8365वि.सं. २०६७पूर्ण इजलास

उत्प्रेषण ।

§ न्यायाधीशले न्यायिक मनको प्रयोग गरी विवादका विषयवस्तुका सम्बन्धमा मिसिल प्रमाण र सम्वद्ध कानूनको वस्तुनिष्ठ मूल्याङ्कन र विश्लेषण गरी आधार र कारण खोली आफ्नो निर्णय दिने गर्दछ । त्यसैले न्यायिक अधिकारको प्रयोग न्यायाधीश वा तोकिएको न्यायिक अधिकारीबाट मात्र हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8364वि.सं. २०६७विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश

§ को कस्ता व्यक्तिहरूसँग आफ्नो के कस्तो सम्बन्ध रहेको छ र त्यस्ता व्यक्तिहरू पक्ष वा विपक्ष रहेको मुद्दा हेर्दा आफू तटस्थ र निष्पक्ष रहन सक्ने अवस्था रहन्छ वा रहँदैन भन्ने कुरा कानूनमा लेखिएको भन्दा पनि निर्णयकर्ताको विवेकले निर्धारण गर्ने बिषय हुने । § (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8363वि.सं. २०६७पूर्ण इजलास

परमादेश समेत ।

§ कानूनमा रहेको प्राबधानमा कुनै किसिमको द्विविधा वा अस्पष्टताको अवस्था नरहेमा बलपूर्वक अर्को अर्थ निकाल्नुपर्ने वा विधिकर्ताको मनसाय के थियो भनी अनुमान गर्नुपर्ने आवश्यकता तथा कानून नै प्रष्ट रहेको अवस्थामा व्याख्या गर्ने कुनै ठाउँ नरहने । (प्रकरण नं.४) § सेवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8362वि.सं. २०६७पूर्ण इजलास

उत्प्रेषण ।

§ आफ्नो सम्पत्तिसम्बन्धी हकको उपभोग गर्ने कम्पनीको साधारण सभामा समेत सहभागी हुने हक भएका तथा सञ्चालनमा समेत महत्वपूर्ण भूमिका रहने शेयरधनीले कम्पनीका तर्फबाट प्राप्त हुने लाभांश कानूनले निर्धारण गरिदिएको अवधिभित्र लिनुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने । § संविध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8361वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण, परमादेश ।

§ विश्वसनीय आधार र कारण नभई आफैले जारी गरेको चेकको भुक्तानी रोक्का गर्न छूट दिने हो भने वैकमार्फत हुने भुक्तानी प्रणालीमा अविश्वास पैदा भई सम्पूर्ण बैंक तथा वित्तीय प्रणालीको सञ्चालनमा नै नकारात्मक असर पर्न सक्ने । (प्रकरण नं.३) § ड्रअरले काटेको चेक कहिलेकाँही…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8360वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ एउटै जाति एउटै परम्परा मान्ने सो जातिलाई कुनै ठाउँमा ह्योल्मो र कुनै ठाउँमा योल्मो भन्ने गरेको एवं सोहीअनुसार लेख्ने समेत गरेकोले त्यसमध्येको एउटा लेखाई ठीक र अर्को लेखाई बेठीक छ भन्ने कुरालाई उचित भन्न सकिने अवस्था भएन । ठाउँ अनुसारको उच्चारण भेदको कारणले क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8359वि.सं. २०६७संयुक्त इजलास

अंश चलन ।

§ कुनै घरायसी लिखतको कार्यान्वयन भए नभएको निर्क्र्यौल गर्नु पर्दा अदालत अति संवेदनशील हुनु पर्दछ । अकाट्य ठोस प्रमाणको अभावमा अनुमानको आडमा अंशवण्डाको ३० नं. प्रयोग गरी वण्डा भइसकेको निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.४) § घर व्यवहारबाट छुट्टिभिन्न भएको स्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8358वि.सं. २०६७संयुक्त इजलास

नामसारी रोकी पाउँ ।

§ पक्षहरूका बीचमा तेरो मेरोको प्रश्न उपस्थित भई हक बेहकको प्रश्न उपस्थित भएमा त्यस्तो प्रश्नको निरुपण गर्ने अधिकार अदालत बाहेक अन्य निकायलाई भएको नदेखिएको अवस्थामा हक बेहकतर्फ यकीन गराई ल्याउनु भनी गरेको नगरपालिकाको निर्णयउपर पुनरावेदन नै लाग्न नसक्ने अवस्थामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8357वि.सं. २०६७संयुक्त इजलास

ठगी ।

§ वैदेशिक रोजगारमा पठाउन इजाजत पत्र नपाएको व्यक्तिले गफलतमा पारी आफूलाई फाइदा र अरुलाई नोक्सान पार्ने कार्य गरेको कसूर ठगीको महलको २ नं. ले परिभाषित गरेको कसूरभित्र नै पर्ने देखिएको र सरकारवादी भै चलाएको मुद्दालाई वैदेशिक रोजगार ऐनअन्तर्गत नचलाएको भन्ने कारणले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8356वि.सं. २०६७संयुक्त इजलास

गैरकानूनी रुपमा ट्रेडमार्क अंकित खाली वोतलको प्रयोग

§ बियर आफैमा पेय पदार्थ हो । तर यस्तो बियर भरिने वोतलहरू खाद्य वा पेय वस्तु नभएको हुनाले यी प्रत्येकको उत्पादनको प्रक्रियाको भिन्नता वा प्रकृतिले नै वोतल उत्पादन गर्ने उद्योगको प्रकृति र यी वोतलमा राखिने बियर, वाइन, ह्स्किी जस्ता पेय पदार्थ उत्पादन गर्ने कम्पन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8355वि.सं. २०६७संयुक्त इजलास

लिखित गाली बेइज्जती

§ गाली बेइज्जतीको लागि गरिएको कुनै कार्य (Actus) भन्दा त्यस्ता व्यक्तिको नियत वा मनसाय (Intention) के रहेको छ, त्यसले व्यक्तिको चरित्रमा के कति ह्रास पुर्‍याएको छ त्यसमा विचार गर्नुपर्ने । (प्रकरण नं.५) § नारीको सतित्व र अस्मिता सामाजिक अनुशासन हो । यो सदैव उच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8354वि.सं. २०६७संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ कुनै कागज मृत्युकालीन घोषणा हो वा होइन निक्र्यौल गर्न घोषणाकर्तालाई आफू मृत्युको सन्निकट रहेको आभास भएकै हुनुपर्ने मानेको छ । सिद्धान्ततः आफू पक्कै मर्ने अवस्थामा पुगेको आभास घोषणाकर्तालाई भएको सम्बन्धित कागजबाट देखिएको छ भन्ने स्थापित भएपछि मात्र त्यसका अन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8353वि.सं. २०६७संयुक्त इजलास

लिखत दर्ता बदर दर्ता

§ अदलको ३ नं. मा प्रयुक्त अंश प्राप्त भयो भने भन्ने शब्दहरू भित्र अंशमा दावी गर्ने र प्राप्त गर्ने हक पनि पर्दछ । कानूनले प्रदान गरेको कुनै पनि हक आलंकारिक मात्र हुन सक्दैन । अपुतालीमा दावी गर्ने हक विदेशी नागरिकलाई प्राप्त नहुने मान्यता राख्ने हो भने विदेशी न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8352वि.सं. २०६७संयुक्त इजलास

भ्रष्टाचार ।

§ आफूले नियमित रुपमा गर्नुपर्ने कार्य र पूरा गर्नुपर्ने पदीय जिम्मेवारी स्वाभाविक रुपले कर्तव्यनिष्ठ भै इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा Malafied Intention राखी रोक्का रहेको जग्गालाई रोक्का छैन भनी उल्लेख गरिदिएको कारणबाट रमादेवी गौतमको नाममा हस्तान्तरण भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8351वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण ।

§ जबरजस्ती करणी जस्तो गम्भीर किसिमको फौजदारी अपराध कायम भए पश्चात् पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरुप आधा अंश भराई दिने विषयलाई देवानी दायित्व भराउँदाको जस्तो अर्थात पक्षहरूले म्याद भित्र प्रक्रिया क्रियाशील बनाएको अवस्थामा मात्रै आकृष्ट हुने गरी तर्क गर्नु का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8350वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ कानूनले नै रोक नलगाएको अवस्थामा कुनै स्थायी दरबन्दीका शिक्षकको लियन पद यथावत् राखी अन्यत्र काजमा खटाइएको मात्र कारणबाट निज शिक्षक बढुवाको लागि अयोग्य हुने भनी आत्मनिष्ठ अर्थ र व्याख्या गर्न नमिल्ने । § आफ्नो हक अधिकारको संरक्षणको लागि आफूसरहका अन्य शिक्षकको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8349वि.सं. २०६७संयुक्त इजलास

नेपाली नागरिकताबाट हटाएको ।

§ नेपालमा स्थायी बसोवास गर्ने कुनै व्यक्तिले कुनै कालखण्डमा नेपालको नागरिकताको प्रमाणपत्र नलिएको मात्र कारणबाट निज विदेशी नागरिक हुने भनी सम्झन नमिल्नुका साथै त्यसको कुनै कानूनी आधार नहुने । § नेपालमा स्थायी बसोबास भएको हरेक व्यक्तिले नागरिकताको प्रमाणपत्र लिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8348वि.सं. २०६७संयुक्त इजलास

लगत सच्याई पाऊँ ।

§ अधिकारक्षेत्रविहीन निकायले गरेको निर्णयको अस्तित्व कानूनको दृष्टिमा शून्य हुने र त्यस्तो निर्णय स्वतः बदरभागी हुने हुनाले उक्त निर्णयबाट तत्कालीन मोहीहरूको मोहीयानी हकमा असर परेको सम्झन नमिल्ने । § जग्गाधनी नै कायम नभएका उनाउ व्यक्तिको नालेसका आधारमा अधिकारक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8347वि.सं. २०६७संयुक्त इजलास

जग्गा खिचोला

§ आफ्नो जग्गा अरुले कब्जा गरेको थाहा पाएपछि खिचोलामा नालेस गर्नुपर्ने कारण (Cause Of Action) सिर्जना भएको मान्नुपर्दछ र सोही मितिबाटै नालिस गर्ने हदम्याद सिर्जना हुने । § वादीको जग्गामा पर्खाल लगाउँदैमा वादीको स्वामित्व समाप्त हुने र प्रतिवादीको स्वामित्व सिर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8345वि.सं. २०६७

उत्प्रेषण, परमादेश ।

§ कानूनबमोजिम गठित कम्पनीहरूलाई विषयवस्तुको प्रकृति र अवस्थाअनुसार यस अदालतको असाधारण अधिकारक्षेत्रमा निवेदन गर्ने हक हुन्छ । संविधानको धारा १०७(२) को असाधारण अधिकारक्षेत्रमा Locus Standi केवल प्राकृतिक व्यक्तिलाई मात्र प्राप्त हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8345वि.सं. २०६७संयुक्त इजलास

परमादेश समेत ।

§ अदालत आफूले आदेश गरी पुर्पक्षका लागि अन्य कारागारमा पठाउने तर आफ्नै आदेशले थुनामा रहेको थुनुवालाई पेसीको जानकारी नदिने यो कार्य Fair Trail को मान्य सिद्धान्त विपरीत हुने । (प्रकरण नं.५) § फौजदारी अपराधको आरोप लागेको व्यक्तिलाई निजको विरुद्ध भएको प्रत्येक कान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8344वि.सं. २०६७संयुक्त इजलास

सार्वजनिक जग्गाकायम गरिपाऊँ  ।

सार्वजनिक जग्गाकायम गरिपाऊँ

 ऐलानी नेपाल सरकारको हक स्वामित्व भित्रको जग्गालाई प्रचलित नेपाल कानूनका अधीनमा रही नेपाल सरकारमा निहीत कार्यपालिकीय अधिकारको प्रयोग गरी सरकारले भूमि वितरण र प्रयोगका सम्बन्धमा सार्वजनिक हितलाई ध्यानमा राखी आवश्यक नीति तर्जुमा गर्ने र सोलाई कार्यान्वयन गर्ने…

नजिर सार पढ्नुहोस् →