नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8349 · वि.सं. २०६७

नि.नं. 8349 — नेपाली नागरिकताबाट हटाएको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपालमा स्थायी बसोवास गर्ने कुनै व्यक्तिले कुनै कालखण्डमा नेपालको नागरिकताको प्रमाणपत्र नलिएको मात्र कारणबाट निज विदेशी नागरिक हुने भनी सम्झन नमिल्नुका साथै त्यसको कुनै कानूनी आधार नहुने । § नेपालमा स्थायी बसोबास भएको हरेक व्यक्तिले नागरिकताको प्रमाणपत्र लिनै पर्ने कुनै कानूनी प्रावधान रहेको नपाइँदा पिताले तत्कालको अवस्थामा नागरिकताको प्रमाणपत्र नलिएको मात्र कारणबाट निज स्वतः गैरनेपाली नागरिक वा विदेशी नागरिक रहेको भनी सम्झन नमिल्ने । (प्रकरण नं.२) § नेपालको स्थायी बासिन्दा नभएको अथवा विदेशी नागरिक रहेको भनी जिकीर लिने पक्षले नै निज कुन विदेशी राष्ट्रको नागरिक हो भनी तथ्यपूर्ण रुपमा स्थापित गर्नुपर्ने । (प्रकरण नं.३) § प्रत्येक निर्णयकर्ताले प्रचलित नेपाल कानून तथा तथ्य र प्रमाणहरूको आधारमा मात्र निर्णय गर्नुपर्ने हुन्छ । नभएको तथ्य र प्रमाणको आधारमा गरिएको निर्णय स्वेच्छाचारी एवं न्यायिक मनको अभावमा गरिएको निर्णय मान्नुपर्ने हुन्छ र यस्तो निर्णय बदरयोग्य हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8349
मुद्दाको विषयनेपाली नागरिकताबाट हटाएको ।
निर्णय वर्ष / मिति2066/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय र यसमा गृह मन्त्रालय काठमाडौँबाट भएको निर्णयउपर परेको पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकार भित्र नपरेको अवस्थामा क्षेत्राधिकार ग्रहण गरी प्रस्तुत मुद्दाको औचित्यभित्र प्रवेश गरी निर्णय गर्न नमिल्ने हुँदा क्षेत्राधिकारको अभावमा मुद्दाको औचित्यभित्र प्रवेश गरी निर्णय गरिरहनु परेन | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको रायमा सहमत भए पनि क्षेत्राधिकार भित्रको अदालत (पुनरावेदन अदालत पाटन) मा कारवाहीको लागि पठाउने भन्ने रायमा सहमत हुन नसकेकोले कारवाहीको लागि पठाउने भन्नेसम्म रायमा असहमत भई आफ्नो भिन्नै राय व्यक्त गरेको छु | माननीय न्यायाधीश श्री आत्माराम भट्टराइको राय भएको मिति २०६०।४।२५।१ को संयुक्त इजलासको रायवाझी फैसला | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको रायसंग सहमति जनाइएको छ
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8349
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्