नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8357 · वि.सं. २०६७

नि.नं. 8357 — ठगी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वैदेशिक रोजगारमा पठाउन इजाजत पत्र नपाएको व्यक्तिले गफलतमा पारी आफूलाई फाइदा र अरुलाई नोक्सान पार्ने कार्य गरेको कसूर ठगीको महलको २ नं. ले परिभाषित गरेको कसूरभित्र नै पर्ने देखिएको र सरकारवादी भै चलाएको मुद्दालाई वैदेशिक रोजगार ऐनअन्तर्गत नचलाएको भन्ने कारणले मात्र कानूनविपरीतको अभियोग पत्र दायर गरेको भन्न नमिल्ने । § अभियोग पत्र दायर गर्दा ठगीको महलको १ नं. को कसूर स्थापित गरेको भए तापनि कसूरको प्रकृति र अवस्थाबाट ऐ. महलको २ नं. को परिभाषाअन्तर्गत पनि पर्न सक्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8357
मुद्दाको विषयठगी ।
निर्णय वर्ष / मिति2067/01/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री सुशीला कार्की
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8357
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्