नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8359 · वि.सं. २०६७
नि.नं. 8359 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै घरायसी लिखतको कार्यान्वयन भए नभएको निर्क्र्यौल गर्नु पर्दा अदालत अति संवेदनशील हुनु पर्दछ । अकाट्य ठोस प्रमाणको अभावमा अनुमानको आडमा अंशवण्डाको ३० नं. प्रयोग गरी वण्डा भइसकेको निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.४) § घर व्यवहारबाट छुट्टिभिन्न भएको स्थापित हुन लिखतबमोजिम वण्डामा परेको सम्पत्ति वण्डा पाउने व्यक्तिहरूका नाउँमा नरम–गरम मिलेको हुनुका अतिरिक्त नामसारी दाखिल खारेज विक्रीव्यवहार भएको हुनुपर्ने । (प्रकरण नं.५) § आफूबाहेक अरु हकवालाको साम्पत्तिक हकलाई निजहरूको मञ्जूरीविना तिलाञ्जलि दिने अधिकार परिवारको मुख्यलाई पनि हुँदैन । मुख्यले नै सम्पत्ति छाडेपछि निजको हकवालाको पनि हक गएको अर्थ निकाल्न न्यायोचित नहुने । (प्रकरण नं.१०) § धार्मिकस्थलको विभाजन सो स्थलको समाप्तिको कडी भएकाले यस्ता धार्मिकस्थल वण्डा गर्न नमिल्ने । (प्रकरण नं.१२) § गुम्बा धार्मिकस्थल भएको कारणले सोको सार्वजनिक रुपमा प्रयोग हुन्छ । धार्मिक आस्थाअनुरूप त्यहाँ जो कोहीले धार्मिक उपासना गर्न पाउने हुन्छ । यस्तो मानवमात्रको आस्थाको केन्द्रको रुपमा रहेको गुम्बालाई विभाजित गरी धर्म र संस्कृतिमा आँच पुर्याउनु न्यायोचित नहुने । (प्रकरण नं.१३) § निजी नाममा दर्ता सम्पत्तिलाई स्वआर्जन प्रमाणित भएको अवस्थामा बाहेक दरवार भन्ने संज्ञा पाउँदैमा कुनै कानूनले विशेष सम्पत्ति नमानेकाले सम्पत्तिमा हक छाडेको अर्थ नलाग्ने । § ऐतिहासिक भवन भन्दैमा बासस्थानको रुपमा प्रयोग भइआएको सम्पत्ति वण्डा नलाग्ने भन्न नमिल्ने । § नेपाली नागरिकभन्दा छुट्टै विशिष्ट स्थान प्राप्त गरी व्यक्तिगत नाममा दर्ता रहेको पैतृक सम्पत्तिका सम्बन्धमा निजले विशेषाधिकार प्राप्त गर्ने भन्ने कुरा संविधान र कानूनतः नमिल्ने । § दरवारको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक स्वरुप प्रचलित नेपाल कानूनका अधिनमा रही यथावत् कायम गर्ने गरी सम्पत्ति अंशवण्डा हुनुपर्ने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8359 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2066/11/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०५७-CI-६३०४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8359 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
