नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8367 · वि.सं. २०६७

नि.नं. 8367 — गुठी तैनाथी जग्गा कायम गरेको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गाको लगत स्रेस्ता गुठी तैनाथी भैरहेको अवस्थामा सो लगतलाई खण्डन गर्ने बलियो प्रमाणको अभावमा कुनै कानूनले अधिकार नदिएको पदाधिकारी र कार्यालयले कानूनविपरीत गरेको काम कानूनसम्मत नहुने हुँदा त्यस्तो निर्णय र त्यसको आधारमा भएको अन्य काम कारवाहीले समेत वैधानिकता पाउन नसक्ने । (प्रकरण नं.३) § मोही नै नलाग्ने, गुठी संस्थानको पूर्ण स्वामित्वमा रही आफैंले मात्र बन्दोवस्त गर्नसक्ने कानूनी व्यवस्था भएको जग्गालाई गुठी तहसील तथा खर्च कार्यालयको एकाधपत्रको आधार लिई गुठी अधिनस्थ जग्गा हो र मोही कायम हुन्छ भन्नु उपयुक्त र कानूनसम्मत नहुने । (प्रकरण नं.४) § गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९(१) को व्यवस्थाबाट एउटा प्रकृतिको जग्गालाई अर्को प्रकृतिको जग्गामा दर्ता भएको प्रमाणित भएको अवस्थामा गुठी संस्थानको प्रशासकलाई पुनः सो जग्गा पुरानो प्रकृतिमा लग्न निर्णय गर्न पाउने अख्तियारी प्रष्ट शब्दमा प्रदान गरेको देखिँदा यो ऐनको सम्बन्धमा संशोधन पछिको कानून पहिलेको कार्यमा लागू हुन सक्दैन, गुठी प्रशासकलाई यस्तो निर्णय गर्न पाउने अधिकार छैन भन्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8367
मुद्दाको विषयगुठी तैनाथी जग्गा कायम गरेको ।
निर्णय वर्ष / मिति2066/10/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8367
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्