नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8338 · वि.सं. २०६७
नि.नं. 8338 — गुठी कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ केवल पहिलेदेखि अविछिन्न दर्तावाला मोही रहेको भन्ने बिना तथ्यको लेखाई सम्मकै आधारलाई अदालतले प्रमाणको रुपमा ग्रहण गर्नु कानूनसंगत नहुने । (प्रकरण नं.२) § कुनै पनि जग्गामा मोहीको हैसियतले दावी गर्ने व्यक्तिले त्यस्तो जग्गाको जग्गाधनी हो भनी देखाएको जग्गाधनीले नै आफू जग्गाधनी नभएको भनी मुद्दा मामिलाको रोहबाट खण्डन गरिसकेको र त्यसलाई अन्यथा प्रमाणित गराउन नसकेको स्थितिमा केवल मोही हुँ भनी दावी गरेकै आधारमा मात्र त्यस्तो जग्गामा निजको मोही हक सिर्जना हुने र पछिसम्म सो मोही हकले निरन्तरता पाउन नसक्ने । (प्रकरण नं.६) § कसैबाट चुनौती नदिई सक्षम अदालतबाट अन्तिम भएको फैसलाको अन्तरवस्तुमा असर पर्ने गरी अदालतबाट पुनः इन्साफमा प्रवेश गरी बोल्न नमिल्ने । (प्रकरण नं.१२) § पहिले दायर गरेको मुद्दामा यिनै प्रत्यर्थीहरूले प्रस्तुत गरेको हकको स्रोतलाई वैधानिक हकको प्रमाणको रुपमा अदालतले स्वीकार नगरी अन्तिम भई वसेको विषयमा हाल आएर सोही साविक स्रोतलाई प्रत्यर्थीहरूको हकको स्रोतको रुपमा स्वीकार गर्न र मान्यता प्रदान गर्न नमिल्ने । § पहिले दायर भएको निर्णय बदर मुद्दामा प्रमाणको मूल्याङ्कन र विवेचना समेत भई वादीको दावी खारेज हुने ठहरी सकेपछि तिनै प्रमाणको आधारमा पुनः उही जग्गामा दावी लिएको देखिएबाट त्यस्तो दावीकै भरमा यी प्रत्यर्थीहरूको मोहियानी हक कायम हुने अवस्था नरहने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8338 |
|---|---|
| मुद्दाको विषय | गुठी कायम |
| निर्णय वर्ष / मिति | 2067/01/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8338 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
