नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8340 · वि.सं. २०६७
नि.नं. 8340 — भ्रष्टाचार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्याउने भार पनि निजउपर नै हुन्छ । खल्तीबाट घूसको रकम वरामद भएको अवस्थामा घूस रिसवत लिएको होइन भनी जिकीरसम्म लिएको तर त्यसलाई कुनै वस्तुनिष्ठ प्रमाण पेश गरी प्रमाणित गर्न नसकेकोले बरामद भएका नोटहरू प्रतिवादीको जानकारी र सहमति बेगर निजको अज्ञानतामा नै निजको खल्तीमा राखिएको वा जबर्जस्ती राखिएको भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.५) § गर्नुपर्ने काम यथासमयमा नगरी घूसको माग गरेकाले अधिकार प्राप्त निकायबाट नोटहरू लिएर घूसबापत प्रतिवादीलाई दिएका क्रियाहरू आरोपित कसूरका लागि गरिने अनुसन्धान प्रक्रियाका अङ्ग हुन् र कानूनअनुकूल नै सम्पन्न भएकाले अभियोजन पक्षको नियत र अनुसन्धान कारवाहीमा दूषित मनसाय र कानूनी त्रुटि समेत देखिन नआएकोले त्यसको आधारमा एकत्रित प्रमाणहरू आरोपित कसूर प्रमाणित गर्नका लागि प्रमाणको रुपमा ग्रहणयोग्य देखिन्छन् । घूसको रकम, रङ्गे हात पक्राउ परेकोे स्कूल दर्ता गर्ने क्रममा घूस, रिसवत मागी लिएको अवस्थामा त्यस्तो रिसवत लिने राष्ट्रसेवक कर्मचारी कानूनबमोजिम सजायको भागी हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8340 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार । |
| निर्णय वर्ष / मिति | 2066/10/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8340 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
