नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8323 · वि.सं. २०६७

नि.नं. 8323 — लिखत दर्ता बदर दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

 अ.वं. ३० नं. आकर्षित हुनका लागि मुद्दाका कुनै पक्षसँग न्यायकर्ताको सम्बन्ध देखिनु पर्छ । मुद्दाका कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सम्बन्ध नदेखिएको अवस्थामा लगाउको कुनै एक मुद्दामा अ.वं. ३० नं. को प्रश्न उठेको भन्दैमा सबै मुद्दालाई मिसाएर अन्यौल, अनिश्चय र अनिर्णयको स्थिति पैदा गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ४)  विदेशमा रहेका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्ने र निजको हक अधिकार सुरक्षित राख्ने प्रयोजनका लागि निजका तर्फबाट हकवालाले नालिस, प्रतिउत्तर, पुनरावेदन, निवेदन दिनसक्ने समेतको व्यवस्था गरिएबाट विदेशमा रहेको व्यक्तिले आफू विदेशमा रहेको भन्ने मात्र आधारमा मुद्दा गर्ने हदम्यादलाई लम्ब्याउन सक्ने व्यवस्था कानूनले नगरेकाले यसरी कानूनले नै प्रदान नगरेको छूट वा सुविधाको दावी गर्न नमिल्ने । (प्रकरण नं. ५)  मुद्दा दायर भएपछि प्रथमतः हदम्याद, हकदैया जस्ता कानूनी प्रश्नमा प्रवेश गरी त्यसबाट मुद्दाको औचित्यभित्र प्रवेश गरी हेरिनु पर्ने अवस्था भएमात्र मुद्दाको अन्य प्रक्रिया प्रारम्भ हुन्छ । यो न्यायिक प्रक्रियाको आधारभूत मान्यता नै हो । दावी नपुग्ने निष्कर्षले समान परिणाम दिँदा दिँदै पनि त्यसले खारेज हुने निष्कर्षको स्थान लिन नसक्ने हुँदा हदम्यादविहीन फिरादपत्र ग्रहण गरी मुद्दाको औचित्यमा प्रवेश गरी इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8323
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता ।
निर्णय वर्ष / मिति2066/10/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठसँग राय नमिली भिन्न राय भएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री पवनकुमार ओझाको राय सहितको यस अदालतको मिति २०६४।१।२० को फैसला । | माननीय न्यायाधीश श्री पवनकुमार ओझाको राय सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
मुद्दा नं.०६४-DF-००११
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8323
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्