नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8325 · वि.सं. २०६७
नि.नं. 8325 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
फैसलामा भएका त्रुटिहरू सच्याउने प्रक्रिया कानूनले निर्धारण गरेको हुन्छ । फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको मुद्दाका पक्षका हकमा कानूनद्वारा निश्चित गरिएको प्रक्रियाभन्दा बाहिरबाट अदालत आफैं सक्रिय भई तल्लो अदालतको फैसला उल्टाई न्याय निरुपण गर्दा त्यसले न्यायमा निश्चित मापदण्ड खलबलिई न्यायिक अराजकताको स्थिति समेत सिर्जना हुन सक्ने कुरामा पनि विचार पु¥याइनु पर्ने । (प्रकरण नं. ४) समान अवस्थामा रहेका पक्षहरूमध्ये कसैको हकमा सजायबाट छुट्कारा पाउने अवस्थामा अन्यलाई सजाय हुने अवस्था नबनोस् भन्ने नै हो । तर, त्यसका लागि समान अवस्थाका व्यक्तिहरूमध्ये कुनै एकको उजूरी वा पुनरावेदन पर्नुपर्ने पूर्वशर्त कानूनले निश्चित गरेको र सोही उजूरी वा पुनरावेदनको रोहमा मात्र निजहरूको हकमा न्याय निरुपण गरिने कानूनको स्पष्ट आशय रहेको अवस्थामा वादी पक्षको पुनरावेदनबाट प्रतिवादीहरूको हकमा न्याय निरुपण गर्न नमिल्ने । (प्रकरण नं. ५) कानूनमा उल्लेखै नभएको विषयलाई अन्यथा अर्थ लगाई सम्वोधन गर्न वा एक पक्षको मागबाट सो मागको ठीक उल्टो हुने गरी अर्को पक्षलाई उपचार दिन विद्यमान न्यायप्रणालीले अनुमति नदिने । (प्रकरण नं. ६) तह–तह न्याय निरुपण हुँदै आएको कुनै एक मुद्दामा अदालतको साधारण अधिकारक्षेत्र अन्तर्गतबाट न्याय निरुपण गरिँदा विद्यमान कानूनी व्यवस्थालाई प्रयोजनहीन बनाउने, त्यसको दायरा अत्यन्त फराकिलो पार्ने वा त्यसमा संकुचन ल्याउने गरी व्याख्या गर्न नसकिने । रिट अधिकारक्षेत्रबाट हेरे जस्तो गरी पूर्ण न्याय भन्दै पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गतको न्यायिक परिपाटी र न्यायको निश्चित मान्यतालाई खल्बल्याउन मिल्दैन । एउटा निश्चित कानूनी संरचनाले दिएको वा दिन खोजेको विषयभन्दा फरक अर्थ र सन्दर्भमा सो कानून प्रयोग गर्नु न्यायपालिकाको उद्देश्य र कर्तव्य नहुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8325 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2066/12/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | ०६५-CF-०००६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8325 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
