नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8331 · वि.सं. २०६७

नि.नं. 8331 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

 आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर जमानत दिने व्यक्तिको सीमा स्वीकृती नगराई एउटै व्यक्तिको जमानीमा ठूलो रकमको प्रतीतपत्र खोल्दा बैकलाई हानि नोक्सानी पुग्न सक्छ र प्रतीतपत्र खोल्ने व्यक्तिहरूले गैरकानूनी लाभ प्राप्त गर्नसक्ने सम्भावना रहन्छ भन्ने सामान्य अनुमान गर्न नसक्ने परिस्थिति थियो भन्ने नदेखिँदा प्रतीतपत्र खोल्ने सम्बन्धमा गरेका काम कारवाहीहरू असल नियतबाट भएको भन्न नमिल्ने । (प्रकरण नं.८)  कुनै व्यक्तिउपर कुनै कसूरमा दावी लिनु मात्र पर्याप्त हुँदैन । आफ्नो दावी प्रमाणित गर्न अन्तिम अवस्थासम्म प्रयासरत हुनु वादीको जिम्मेवारी हुन जाने ।  आफूले लिएको दावी प्रमाणित गर्न थप सबूद प्रमाण संकलन गर्न क्रियाशील हुनुको सट्टा दावी नपुग्ने निर्णयउपर एकतह पुनरावेदन गर्नेसम्मको पनि तत्परता नदेखाई उदासिन रहने सम्बन्धित अधिकारीले आफ्नो जिम्मेवारी पूरा गरेको अवस्था नहुँदा निजलाई ध्यानाकर्षण गराउनु पर्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8331
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2066/10/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8331
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्