नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8320 · वि.सं. २०६७
नि.नं. 8320 — हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पिता पुर्खाले बनाएको स्वबासी घर जग्गा निरन्तररुपमा भोग गरिआएको भन्ने दावी रहेकोमा १९१२ सालको लालमोहरभित्रको जग्गामा बनेको घर वादीलाई बहालमासम्म बस्न दिएको भन्ने इन्कारी प्रतिउत्तर देखिएकोले विवादित घरजग्गाको कसको हो भनी हकबेहकको प्रश्नमा नै वादी प्रतिवादीबीचमा मुख नमिलेको अवस्थामा विवादित घरजग्गाको हकबेहक सम्बन्धमा यकीन गरी सो पश्चात्मात्र अन्य दावी पुग्न सक्ने वा नसक्ने यकीन गर्न सकिने हुन्छ । काठमाडौँ उपत्यकाका शहरी क्षेत्रको विशेषताको रूपमा रहेका स्वबासी घर जग्गाका विषयमा घर कसले बनाएको हो र भोग कसको छ सो नै स्वामित्व निर्धारणको आधार हुने । (प्रकरण नं.३) § कसैले कुनै सम्पत्ति आफ्नो भनी सो हैसियतमा निरन्तर रुपमा गरिरहेको भोग विरूद्ध स्वामित्व मेरो हो भन्ने व्यक्तिले वैध स्रोत देखाउन सक्दैन र विपक्षीले भोगलाई परोक्ष रूपमा स्वीकार गर्दछ भने त्यस्तो सम्पत्तिमा भोगकर्ताको भोगाधिकारको सिर्जना हुन्छ । अर्को पक्षले वैध स्रोत प्रस्तुत गर्न नसके जसले भोग गरिरहेको छ त्यसलाई नै स्वामी मान्नु पर्ने हुन्छ । तिरो नलागेको स्वबासी घर जग्गामा भएको भोग नै अन्यथा प्रमाणित भएमा बाहेक स्वामित्वको प्रमाण मान्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8320 |
|---|---|
| मुद्दाको विषय | हक कायम |
| निर्णय वर्ष / मिति | 2066/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8320 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
