नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8333 · वि.सं. २०६७
नि.नं. 8333 — निर्णय दर्ता बदर हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा नापजाँच हुँदाको अवस्थामा कसैको हकभोगको दावी नभएको र तत्कालीन अवस्थामा जंगल देखिई फिल्डवुकमा पनि जंगल जनिएको जग्गा सो ऐनको प्रावधानअनुरूप स्वतः सरकारी जग्गाको परिभाषाअन्तर्गत पर्न आउने हुँदा दावी लिएको जग्गाको अवस्थिति दावीअनुरूपको खेतको प्रकृतिको जग्गासँग मेल खान आएको नदेखिने । (प्रकरण नं. ३) नापीको समयदेखि नेपाल सरकारको नाउँमा दर्ता गर्ने निर्णय भएको अवधिसम्ममा निरन्तररुपमा जंगलको रुपमा रहेको दावीको जग्गामा हाल आफ्नो भोग बसोवास छ भनी दावी लिए तापनि पछि निर्माण गरिने संरचना लगायतका भौतिक प्रमाणहरूले दावीको जग्गाको साविकको स्रोत र प्रकृतिलाई भने अन्यथा गर्न नसक्ने । पछि निर्माण गरिएका वा बनाइएका चिजबस्तु एवं भौतिक संरचनाहरूको वैधानिक स्थिति स्वतः गौण हुन पुग्ने हुँदा बिना प्रमाण भोगेको भन्ने आधारबाट मात्र वादी दावी पुग्छ भन्न नमिल्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8333 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता बदर हक कायम |
| निर्णय वर्ष / मिति | 2066/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री रणबहादुर बम |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8333 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
