नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8330 · वि.सं. २०६७

नि.नं. 8330 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

 कुनै एउटा तथ्यमा सावित भए पनि त्यसबाट निजउपरको सम्पूर्ण अभियोगको पुष्टि नहुने ।  समग्र परिस्थिति र घटनाक्रमलाई सूक्ष्मरुपमा विश्लेषण नगरी केवल सावितीकै आधारमा मात्र कसैउपर कसूर कायम गरी सजाय गर्नु न्यायसंगत नहुने ।  विरोधाभाषपूर्ण र अस्पष्ट बयानलाई अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा साविती बयानको रुपमा ग्रहण गरी निजउपर कसूर कायम गर्ने अकाट्य र एकमात्र प्रमाणको रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं.८)  वारदात हुँदाका वखत चश्मदिद गवाहको रुपमा रहेका व्यक्तिले मौकामा र अदालतमा उपस्थित भई वकपत्र गर्दा आफूले प्रत्यक्षरुपमा घटना देखी घटनाको यथार्थ व्यहोरा खुलाइरहेको स्थितिमा अदालतले त्यस्ता चश्मदिद व्यक्तिको मौकाको कागज र अदालतसमक्ष गरेको वकपत्रको व्यहोराको सत्यताउपर शंका गर्न नपर्ने ।  फौजदारी मुद्दामा चश्मदिद व्यक्तिहरूको भनाई कसूर कायम गर्ने एउटा निर्णायक प्रमाण भएकाले यस्तो व्यक्तिको भनाई वारदातको प्रकृति र अन्य प्रमाणबाट समर्थित भएको छ भने अदालतले त्यस्तो प्रत्यक्ष साक्षीको कथनलाई अनदेखा गरी न्यायिक निष्कर्ष निकाल्नु न्यायसंगत नहुने । (प्रकरण नं.९)  हत्याको कसूर प्रमाणित भए पनि पूर्व रिसइवीको स्थिति, वारदातको प्रकृति, पूर्व आपराधिक चरित्र, घटनाको गम्भीरता, तयारी र योजनाको स्वरुप, कसूरदारको उमेर, शारीरिक अवस्था र पारिवारिक पृष्ठभूमि लगायतका कुराहरू विचार गरी कसूर र सजायबीचको समानुपातिकता (एचयउयचतष्यलबष्तिथ या एगलष्कजmभलत) स्थापित गर्नु नै न्यायपूर्ण हुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8330
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2066/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8330
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्