सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३४ / ४४०

नि.नं. 8319वि.सं. २०६७संयुक्त इजलास

निर्णय बदर ।

§ कुनै निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर चित्त नवुझेमा कानूनद्वारा तोकिएको निकायमा उजूर वा पुनरावेदन गर्नुपर्ने हुन्छ । कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर कानूनद्वारा तोकिएको निकायमा उजूर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8318वि.सं. २०६७संयुक्त इजलास

नकबजनी चोरी

अपराध अनुसन्धानकर्तासमक्ष भएको साविती मात्रका आधारमा न्यायिक निष्कर्ष निकाल्न मिल्दैन । तर त्यो साविती अन्य प्रमाणबाट सत्य रहेको स्थापित हुन्छ भने त्यसलाई मुद्दाको अनुसन्धानकर्ता प्रहरीसमक्ष भएको भन्ने मात्र आधारमा प्रमाण शून्य लिखतको रुपमा ग्रहण गर्न न्यायोचि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8317वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत

§ कसैलाई आरोप वा अभियोग लगाउनुपर्दा मात्र त्यस्तो आरोप वा अभियोगअनुसारको काम गरेको हो होइन भनी सफाइको प्रमाण पेश गर्ने मौका प्रदान गर्नुपर्ने । (प्रकरण नं.१०) § गभर्नरको पदलाई सँगठनको कर्मचारीको पद मान्न मिल्दैन तर कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले crimin…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8316वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत

§ गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत् व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpatual continuity) प्रदान गर्नु राज्य वा राज्यको अङ्गका रुपमा रहेका सबै निकाय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8315वि.सं. २०६७संयुक्त इजलास

कर्तब्य ज्यान ।

§ आवेश प्रेरित हत्यामा मूलतः मृतकको ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभएपनि कुनै विषयमा केही गर्दा वा भनाभन वा विवाद हुँदा तत्कालै रिस उठी सो रिसलाई थाम्न सक्ने सामर्थ्य गुमाई आरोपित व्यक्तिले मृतकउपर साधारण लाठी, ढुंगा प्रहार गर्दा वा लात मुक्का वा यस्तै प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8314वि.सं. २०६७संयुक्त इजलास

डाँका ।

§ कुनै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर हुँदैन । सो वारदातले कार्यरुप लिनुभन्दा अगाडि बनाइएको योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई विचार गर्नुपर्ने । § चोरीको अपराधको पटक गणना गर्द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8313वि.सं. २०६७संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरण ।

§ समाजमा शान्ति, अमन चयन र कानूनको शासन स्थापित गर्नका लागि कानूनले निश्चित गरेको प्रक्रियाअन्तर्गत रहेर कसूरदारलाई दण्डित गर्न सकिन्छ, तर त्यस्तो दण्ड दिँदा कानूनले निर्धारण गरेको सीमा उल्लंघन गर्ने छूट राज्यका कुनै पनि संयन्त्रलाई नहुने । (प्रकरण नं.३) § अन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8312वि.सं. २०६७संयुक्त इजलास

परमादेश ।

§ नामसारी दाखेल खारेजका लागि यति अवधिभित्र सम्बन्धित निकायमा जानुपर्ने गरी कानूनले सीमित गरेको नपाइँदा निश्चित अबधिभित्र नामसारी दाखिल खारेज नगर्दैमा त्यस्तो सम्पत्तिमाथिको हक समाप्त हुने अवस्था नदेखिने । (प्रकरण नं.२) § सूचना जारी गर्दा गलत ठेगाना उल्लेख भएपछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8311वि.सं. २०६७पूर्ण इजलास

कर्तव्य ज्यान ।

§ विशेषज्ञको राय प्रतिवेदन यो यति करणबाट शंकास्पद वा विरोधाभाषयुक्त छ भनी इजलाससमक्ष प्रष्टयाउनु पर्ने सम्बन्धित पक्षको दायित्व हुने हुँदा यस्तो दायित्वलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने । § विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8310वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण ।

§ नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ को उपधारा (३) को प्रतिवन्धात्मक वाक्यांशले महिलासमेतको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानूनद्वारा विशेष व्यवस्था गर्नसक्ने संवैधानिक अख्तियारी राज्यलाई प्रदान गरी रहेको सन्दर्भमा विवादित कानूनी व्यवस्थालाई असंवैधा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8309वि.सं. २०६७पूर्ण इजलास

खिचोला ।

§ देवानी प्रकृतिका मुद्दाहरूमा पक्ष विपक्षको मौखिक भनाइभन्दा लिखतकै आधारमा वास्तविक न्याय निरुपण गरी निष्कर्षमा पुग्नु बाञ्छनीय हुने हुँदा लिखतमा लेखिएको व्यहोरालाई अनदेखा गर्नु न्यायसंगत नहुने । § आफ्नो तथा बाबुको नाममा दर्ता नै नरहेको मिन्ही प्रकृतिको जग्गाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8308वि.सं. २०६७पूर्ण इजलास

मोही प्रमाणपत्र नामसारी ।

जग्गाधनीले नै मोहीको देहान्त भएपछि निजका पत्नी तथा छोराहरूसमेतका विभिन्न हकवाला रहेको अवस्थामा कुनै एक व्यक्तिलाई मोही मान्दै बालीको दावी साधिकार निकायमा विधिसम्मत तरिकाले गर्दछ भने यसलाई पत्याउने क्रियाकैरुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.८) § कसैको हकाधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8307वि.सं. २०६७विशेष इजलास

उत्प्रेषण ।

§ कुनै प्रसारण संस्था दर्ता भएपछि कानूनको प्रक्रिया पूरा गर्नुपर्ने तथा प्रसारण संस्थाले आफूलाई तोकिएको दायरामा रहनु पर्ने दायित्व रहने कुरामा विवाद हुन नसक्ने । § संस्था दर्ता गरिसकेपछि नवीकरण गर्न नपर्ने भन्ने हो भने संस्था कसैबाट नियन्त्रित हुन नसक्ने अवस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8306वि.सं. २०६७पूर्ण इजलास

मोही कायम ।

§ सक्षम निकायमा नगएको भनी क्षेत्राधिकारको प्रश्न उठाई खारेज भएको अवस्थालाई दावीको विषयमा अन्तिम फैसला भएको भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.५) § पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकारभित्र रहेका अन्य कुनै निकाय वा अधिकारीले गरेको फैसला वा अन्तिम आदेशउपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8305वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण

§ कुनै बिषयमा निर्णय गर्ने न्यायिक वा अर्धन्यायिक निकायले गरेको निर्णयमा चित्त नबुझेमा सोउपर पुनरावेदन गर्ने हकको सिर्जना कानूनबाट हुने भएकोले निर्णयमा चित्त नबुझे पुनरावेदन गर्न जान पाउने कुरा उल्लेख नगरेकै कारणले उक्त कानूनी हक मर्दैन र कानूनबमोजिम पुनरावेद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8304वि.सं. २०६७संयुक्त इजलास

जालसाजी ।

§ सधैं अड्डा अदालतमा लेखापढी वा कानून व्यवसायसंग सम्बन्धित रहेका पेशाकर्मीहरू एक अर्कामाथि विश्वास गरी वारेसनामा इत्यादिका लिखतहरूमा साक्षी बस्नु तिनीहरूको लागि दिनानुदिनको कार्य हुने हुनाले यस्तो कार्यलाई वद्नियतपूर्वक कसैको हक मेट्ने उद्देश्यले भएको कार्य भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8303वि.सं. २०६७संयुक्त इजलास

आयकर ।

§ सम्झौता गर्ने विषयमा पक्षहरू स्वायत्त हुनेहुँदा सम्झौताका विभिन्न शर्तहरू पक्षहरूको सहमतिमा निर्धारण हुने हुन्छ । किस्तावन्दी रुपमा वस्तुको पूर्व निर्धारित मूल्य भुक्तानी भइसकेपछि त्यो वस्तुको स्वामित्व खरीदकर्तामा हस्तान्तरण हुने हुन्छ । रकम भुक्तानी गरिसके…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8302वि.सं. २०६७संयुक्त इजलास

ठगी

§ ऐन, नियमको परिधि नाघी कारोबार गरेकोमा सहकारी ऐन, २०४८ को दफा ४१(३) अन्र्तगत दर्ता खारेजीको कारबाही गर्न सकिने व्यवस्था छ । तर त्यस अन्र्तगत कारबाही नभएमा वा कारवाही गर्ने निकायले कारवाही नगरेमा सो संस्थाको आडमा वा नाउँमा जे पनि गर्न पाइने भन्ने अर्थ गर्न नमि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8301वि.सं. २०६७

अंश चलन ।

§ नागरिकताको प्रमाणपत्रलाई नाताको प्रमाणपत्र भन्न नमिल्ने । § नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनको लागि तयार हुने कागज भएकाले सो प्रमाण पत्र लिंदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन । प्रतिवादीको सहमतिवेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8300वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ संस्था दर्ता गर्ने हक संस्थापकहरूको हुने भए पनि कसैको निजी गुठी हकमा असर पार्ने गरी संस्था राख्न दर्ता गर्न, वा सो नाताले कार्य गर्न नपाइने । § मठको सम्पत्ति एक ढंगले परम्परादेखि नै व्यवस्था भएकोमा मठका सम्बन्धित हकदारहरूको सहमतिवेगर अन्य वेसरोकार व्यक्तिहरू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8299वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ सरकारले सरकारी कामकाज गर्दा पारदर्शितालाई पूर्णरुपले पालन गरी काम गरेमा जनताले Red Tapism भ्रष्टाचार र ढिला सुस्तीको मारबाट पीडित हुन पर्दैन । सुसूचित हुने हकले सरकारलाई जनताप्रति पनि Accountable बनाउँदछ । सरकारी कामको पारदर्शिता र जनतालाई प्राप्त सुसूचित हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8298वि.सं. २०६७संयुक्त इजलास

उत्प्रेषण, परमादेश ।

§ अन्यथा प्रमाणित नभएसम्म कसैका नाममा दर्ता रहेको जग्गा दर्तावालाको नै मान्नुपर्ने । (प्रकरण नं.२०) § कुनै साधिकार निकायको आधिकारिक निर्णय र स्रोतविना कसैको सम्पत्ति अनिश्चितकालसम्म निरर्थक रुपमा रोक्का गर्ने र त्यस्तो सूचना प्रकाशित गर्ने अधिकार नरहने । § …

नजिर सार पढ्नुहोस् →
नि.नं. 8297वि.सं. २०६७संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ कसूर गरे तापनि अनुसन्धान र अदालतमा समेत कसूरमा सावित भई अदालती प्रक्रियालाई सहयोग पुर्‍याउने इमानदार अपराधी र अपराध गरेर पनि अन्तिमसम्म आफ्नो अपराध लुकाई सजायबाट उम्कन चाहने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त नह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8296वि.सं. २०६७संयुक्त इजलास

अंश दर्ता ।

§ एउटा निश्चित प्रयोजनका लागि छुट्याइएको जग्गा सो प्रयोजनमा उपयोग समेत भै बाँकी रहेको अवस्थामा त्यसलाई बण्डा गर्न नपर्ने निजी आर्जनको भनी अलग गर्न नमिल्ने । § सगोलमा रहेका अंशियारले सगोलकै पैतृक सम्पत्तिबाट विद्याध्ययन प्रयोजनका लागि प्राप्त गरेको जग्गालाई आ…

नजिर सार पढ्नुहोस् →