नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8304 · वि.सं. २०६७

नि.नं. 8304 — जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सधैं अड्डा अदालतमा लेखापढी वा कानून व्यवसायसंग सम्बन्धित रहेका पेशाकर्मीहरू एक अर्कामाथि विश्वास गरी वारेसनामा इत्यादिका लिखतहरूमा साक्षी बस्नु तिनीहरूको लागि दिनानुदिनको कार्य हुने हुनाले यस्तो कार्यलाई वद्नियतपूर्वक कसैको हक मेट्ने उद्देश्यले भएको कार्य भन्नको लागि सो कुरालाई समर्थन हुने विश्वासलायक प्रमाणको आवश्यकता पर्ने । § जानीजानी हक मेट्ने उद्देश्यले प्रेरित भै वारेसनामामा साक्षी बसेको कुरा प्रस्तुत भएका कुनै प्रमाणबाट स्पष्ट नभएकाले हक मेट्ने उद्देश्यले कीर्ते कागजको १ नं. वा ३ नं. लगायतको हुने कसूर गरेको प्रमाणित हुन नआउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8304
मुद्दाको विषयजालसाजी ।
निर्णय वर्ष / मिति2066/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8304
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्