नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8314 · वि.सं. २०६७
नि.नं. 8314 — डाँका ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै अपराधको वारदातको पटक कायम गर्नु पर्दा उक्त वारदातले कार्यरुप प्राप्त गरेको अवस्थालाई मात्र विचार गरेर हुँदैन । सो वारदातले कार्यरुप लिनुभन्दा अगाडि बनाइएको योजना र अपराधसँग सम्बन्धित अन्य तथ्यहरू समेतलाई विचार गर्नुपर्ने । § चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको समूहबाट भएको वारदातलाई पटक–पटक अपराध गरेको भन्न सो कानूनको मनसाय हुन नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8314 |
|---|---|
| मुद्दाको विषय | डाँका । |
| निर्णय वर्ष / मिति | 2066/10/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री पुरुषोत्तम भण्डारीको मिति २०६३।१०।१ गतेको राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8314 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
