नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8300 · वि.सं. २०६७

नि.नं. 8300 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संस्था दर्ता गर्ने हक संस्थापकहरूको हुने भए पनि कसैको निजी गुठी हकमा असर पार्ने गरी संस्था राख्न दर्ता गर्न, वा सो नाताले कार्य गर्न नपाइने । § मठको सम्पत्ति एक ढंगले परम्परादेखि नै व्यवस्था भएकोमा मठका सम्बन्धित हकदारहरूको सहमतिवेगर अन्य वेसरोकार व्यक्तिहरू सम्मिलित भई संस्था खडा गरी व्यवस्थापन हस्तान्तरण गर्न समेत नमिल्ने । § साविकदेखि मठको सेवा गरी मठको जग्गा लगायत सम्पत्ति संरक्षण गरी आएका व्यक्तिहरूसँग सरोकार नै नराखी सोही मठको नामबाट अर्को छुट्टै संस्था दर्ता गर्नुको औचित्य नदेखिने । (प्रकरण नं.४) § आफ्नो हितअनुसार संस्था खडा गरी कार्य गर्ने स्वतन्त्रता रहने भए पनि धार्मिक हक एवं कर्तब्य निर्वाह गरेको कुरामा दखल दिने उद्देश्यले भने त्यस्तो संस्था खडा गरी सञ्चालन गर्न नपाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8300
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2066/07/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8300
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्