नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8311 · वि.सं. २०६७
नि.नं. 8311 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विशेषज्ञको राय प्रतिवेदन यो यति करणबाट शंकास्पद वा विरोधाभाषयुक्त छ भनी इजलाससमक्ष प्रष्टयाउनु पर्ने सम्बन्धित पक्षको दायित्व हुने हुँदा यस्तो दायित्वलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने । § विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई फटिक झैं स्वच्छ (Crystal Clear) र अन्य स्वतन्त्र प्रमाणले समर्थित गर्दछ भने त्यस अवस्थामा अदालत स्वयंले तर्क वितर्क गरी शंका उपशंका उठाउनु समेत न्यायोचित नहुने । § बिनाआधार विशेषज्ञले दिएको प्रतिवेदनलाई अन्यथा गर्दा वास्तविक न्याय प्रदान गर्ने उद्देश्यबाट दिशाभ्रमित हुने अवस्था उत्पन्न हुन जाने अवस्थाप्रति अदालत सजग हुनुपर्छ । अपराधलाई प्रमाणित गर्ने कडीको रूपमा रहने अनुसन्धानको क्रममा संकलित प्रमाणका रुपमा अभिन्न अङ्ग मानिने प्रतिवेदनलाई अस्वीकार गर्न अदालतलाई त्यति नै स्पष्ट आधार र कारणको आवश्यकता पर्दछ । यसमा वस्तुनिष्ठ व्याख्यान गरी अस्वीकार गर्नुपर्ने वैज्ञानिक आधार समेतको स्पष्ट उल्लेखन गरी विमति राखी खण्डन गर्न सक्नु पर्दछ र यो खण्डन चिकित्सा विधिशास्त्र (Medical Jurisprudence) का सर्वमान्य सिद्धान्तमा आधारित हुनुपर्ने । (प्रकरण नं. ४) § मृतकको लाश र त्यसमा विशेषज्ञले गर्ने अध्ययनले मृत्युको कारणका बारेमा धारणा बनाउन अदालतलाई सहयोग गर्दछ । यस अर्थमा विशेषज्ञको रायले पनि बलियो प्रमाणको स्थान ग्रहण गर्न सक्दछ भन्ने सन्दर्भ नै चिकित्सकीय प्रमाण (Medico-Evidence) को मूल मर्म हुने । (प्रकरण नं. ५) § वास्तविक मृत्युको कारण पत्ता लगाउने ज्ञाता विशेषज्ञ हुँदा सो रायमाथिको निर्भरता नै न्यायको लक्ष्यप्राप्तिको लागि सबैभन्दा बढी सहायक हुन्छ भन्नेमा विमति राख्न नहुने । (प्रकरण नं. ६) § कुनै नारीको मृत्युको प्रश्न सन्मूख आएकोमा पुरूष संलग्न घरायसी हिंसाकै कारण भएको हो भनी पूर्वानुमान गरी आवेशात्मक भावनामा बगेर न्यायको बलिवेदीमा कसैलाई चढाई दावी ठहर्याउनु न्यायोचित नहुने । (प्रकरण नं. १५) § विश्वासिलो अकाट्य प्र्रमाणको अभावमा अनुमान, आशंका र संभावना जस्ता मनोगत प्रमाणलाई मात्र आधार बनाई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु न्यायोचित नहुने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8311 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2066/04/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायसँग असहमत रहेकोले सर्बोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री अनूपराज शर्माको २०६५।९।८ को राय । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग असहमत रहेकोले सर्बोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको २०६५।९।८ को राय । | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय तथा प्रतिवादीहरू विनय मानन्धर | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायमा मतैक्यता हुन नसकी सर्व | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय मनासिव ठहर्छ । सम्पूर्ण प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायसँग सहमत हुन सकिएन । अरू तपसील बमोजिम गर्नू । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय सदर हुने ठहरेकोले थुनामा रहेका प्रतिवादी विनय मानन्धरलाई आजै थुनाबाट छोडिदिनु भनी छुट्टै आदेशद्वारा लेखी पठाई सकिएकोले अन्य केही बोली रहनु परेन ......१ | माननीय न्यायाधीश श्री सुशीला कार्कीको राय | माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग सहमत हुने सहयोगी माननीय न्यायाधीश श्री प्रेम शर्मा र माननीय न्यायाधीश श्री प्रकाश वस्तीको रायसँग असहमत रहेकोले छुट्टै राय उल्लेख गरेको छु । अभियोग दावी बमोजिम सबै प्रतिवादीलाई सजाय ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको रायसँग समेत सहमत हुन सकिएन । मिसिल नियम बमोजिम बुझाई दिनू । |
| मुद्दा नं. | ०६५-CF-०००९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8311 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
