नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8317 · वि.सं. २०६७

नि.नं. 8317 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कसैलाई आरोप वा अभियोग लगाउनुपर्दा मात्र त्यस्तो आरोप वा अभियोगअनुसारको काम गरेको हो होइन भनी सफाइको प्रमाण पेश गर्ने मौका प्रदान गर्नुपर्ने । (प्रकरण नं.१०) § गभर्नरको पदलाई सँगठनको कर्मचारीको पद मान्न मिल्दैन तर कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले criminal prosecution मा सफाइ पाएपछि पुनः पदमा बहाली हुने अधिकार हुन्छ हुँदैन भन्ने सम्बन्धमा कानूनी व्यवस्थामा भर पर्ने कुरा हो । सम्बन्धित सेवा, शर्तसम्बन्धी कानूनमा वा अन्य सम्बन्धित कानूनमा कर्मचारीलाई भ्रष्टाचारको आरोपमा मुद्दा चलाएकोमा सक्षम अदालतबाट सफाइ पाएमा पुनः पदमा बहाल गरिने र निलम्बन अवधिको तलब भत्ता लगायतका सम्पूर्ण सुविधा दिने गरी सेवा शर्तसम्बन्धी कानूनमा व्यवस्था भएको छ भने मात्र सफाइ पाउने कर्मचारीले स्वतः पुनर्वहालीको हक प्राप्त गर्दछ । यदि कानूनमा त्यस्तो व्यवस्था छैन भने पुनर्वहाली गर्ने हक प्राप्त गर्न नसक्ने । (प्रकरण नं.१३) § भ्रष्टाचार मुद्दा चलेकोमा कसैले सफाइ पाएमा त्यस्तो व्यक्तिलाई पुनः स्थापित गर्ने नगर्ने भन्ने कुरा सरकारको नीतिगत स्वविवेकको कुरा भएकाले कर्मचारीको अधिकारको कुरा नहुने । भ्रष्टाचार मुद्दामा सफाइ पाएको व्यक्तिलाई देहायका अवस्थामा अभियोग लागेको व्यक्ति दोषी नठहर्ने । क) मुद्दाको Merit भित्रै अदालत प्रवेश गरी लगाएको अभियोग प्रमाणित गर्ने प्रमाणको अभाव भएको कारण दोषी नठहरीने अवस्था र ख) विभिन्न कानूनी/प्राविधिक कारण विभिन्न कानूनी/प्राविधिक कारण भन्नाले, १) अधिकारै नभएको निकायले भ्रष्टाचारको अपराधको अनुशन्धान गरी कानूनी त्रुटि भएको/गरेको, २) अधिकारै नभएको निकायले अभियोग लगाई मुद्दा चलाइ कानूनी त्रुटि भएको/गरेको, ३) हदम्याद नाघी मुद्दा दायर गरी कानूनी त्रुटि भएको÷गरेको, ४) अधिकारै नभएको अदालतमा मुद्दा दायर गरी अधिकारै नभएको अदालतले मुद्दा हेरी कानूनी त्रुटि गरेको/भएको, ५) अधिकारै नभएको व्यक्तिले मुद्दा हेर्दा कानूनी त्रुटि गरेको/भएको, ६) कानूनले हेर्न नहुने मुद्दा हेरी छिनी कानूनी त्रुटि गरेको/भएको । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8317
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2066/08/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
मुद्दा नं.०६६-WO-००३३
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्