नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8301 · वि.सं. २०६७

नि.नं. 8301 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नागरिकताको प्रमाणपत्रलाई नाताको प्रमाणपत्र भन्न नमिल्ने । § नागरिकताको प्रमाणपत्र वादीसँग रहने वादीको प्रयोजनको लागि तयार हुने कागज भएकाले सो प्रमाण पत्र लिंदा प्रतिवादीको सहमति संलग्नता रहने कुरा हुँदैन । प्रतिवादीको सहमतिवेगर त्यहाँ लेखिएको व्यहोरा अकाट्य प्रमाण हुन नसक्ने । (प्रकरण नं.७) § नाताको कुरा स्वाभाविक रुपमा पहिलो रक्त सम्बन्धको कुरा र दोस्रो भावनात्मक कुरा हो, रक्त सम्बन्ध बारे भौतिक प्रमाणबाट पुष्टि गर्न वादी पक्ष अनिच्छुक देखिनुले वादीको विपक्षमा अनुमान गर्नुपर्ने । (प्रकरण नं.८) § डी.एन.ए. परीक्षण गर्न असहयोग गर्नुका पछाडि सो डी.एन.ए. परीक्षण भए निजका विरुद्ध प्रमाण लाग्नसक्ने भएकाले नै अनुपस्थित रहेको अनुमान गर्नुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8301
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2066/07/18
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8301
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्