नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8309 · वि.सं. २०६७
नि.नं. 8309 — खिचोला ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ देवानी प्रकृतिका मुद्दाहरूमा पक्ष विपक्षको मौखिक भनाइभन्दा लिखतकै आधारमा वास्तविक न्याय निरुपण गरी निष्कर्षमा पुग्नु बाञ्छनीय हुने हुँदा लिखतमा लेखिएको व्यहोरालाई अनदेखा गर्नु न्यायसंगत नहुने । § आफ्नो तथा बाबुको नाममा दर्ता नै नरहेको मिन्ही प्रकृतिको जग्गामा भोग समेत पुष्टि गर्न नसकेको अवस्थामा जग्गामा खिचोला मेटाई घर उठाई पाऊँ भन्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8309 |
|---|---|
| मुद्दाको विषय | खिचोला । |
| निर्णय वर्ष / मिति | 2066/09/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री गौरी ढकालको राय फैसला । | माननीय न्यायाधीश श्री गौरी ढकालको रायसँग असहमत भएको हुँदा रायबाझी फैसलाको निप्टारा हुन प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पठाई दिनु भन्ने संयुक्त इजलासका माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको २०६५।१०।१३ को राय फैसला । | माननीय न्यायाधीश श्री गौरी ढकालको राय तथा जग्गा पजनीको तत्कालीन १७ नं. को हदम्यादभित्र वादीको फिराद नपरेको आधारमा थप प्रमाण बुझिरहनु नपर्ने भनी फिराद दावी खारेज हुने ठहराई भएको माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको राय भै संयुक्त इजलासबाट भएको फैसलामा राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन | माननीय न्यायाधीश श्री गौरी ढकालको राय तथा जग्गा पजनीको तत्कालीन १७ नं. को हदम्याद भित्र वादीको फिराद नपरेको हुनाले तथ्यभित्र प्रवेश गरी थप प्रमाण बुझिरहन नपर्ने भनी पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी फिराद पत्र खारेज हुने ठहर गरेको माननीय न्यायाधीश श्री गिरीशचन्द्र लालको राय समेतसँग सहमत हुन सकिएन । समग्र मिसिलको अध्ययनबाट प्रत्यर्थी वादीले विवादित दुवै कित्ता जग्गाको दर्ता हकभोगको स्रोत देखाई वादी दावी पुष्टि गर्न नसकेको यस्तो अवस्थामा वादी दावी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा सप्तरी जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीले खिचोला गरेको ठहराई भएको पुनरावेदन अदालत राजविराजको २०६०।५।३० को फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । फिराद दावी पुग्न नसक्ने ठहराई भएको शुरु सप्तरी जिल्ला अदालतको २०५९।८।४ को फैसला मनासिब ठहर्छ । अरु तपसीलबमोजिम गर्नू । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8309 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
