नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8316 · वि.सं. २०६७

नि.नं. 8316 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत् व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpatual continuity) प्रदान गर्नु राज्य वा राज्यको अङ्गका रुपमा रहेका सबै निकायहरूको कानूनी कर्तव्य हुने । (प्रकरण नं.७) § जग्गाको आकार र जग्गामा घरले चर्चेका कारण बाँडफाँड गर्न नमिल्ने हुँदा कानूनबमोजिम मोहीका नाममा पूरै जग्गाको स्वामित्व कायम हुन आएपनि परम्परा, धर्म, संस्कृति, प्रचलन, मान्यता र कानूनले नै गुठी प्रथालाई मान्यता प्रदान गरी गुठी नेपालको संस्कृति, धर्मको एक अभिन्न कानूनी अङ्ग भएको र त्यसलाई कानूनले नै मान्यता प्रदान गरेको अवस्थामा गुठियार नभएपनि गुठीको पूरै जग्गाको जग्गाधनी बनेपछि त्यस्तो जग्गासँग गाँसिएको र त्यस्तो जग्गाले बोकेको (Legacy) बाट उन्मुक्त हुन नसक्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8316
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2066/08/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8316
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्