नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8319 · वि.सं. २०६७
नि.नं. 8319 — निर्णय बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै निकायले कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर चित्त नवुझेमा कानूनद्वारा तोकिएको निकायमा उजूर वा पुनरावेदन गर्नुपर्ने हुन्छ । कानूनबमोजिमको प्रक्रिया पूरा गरी निर्णय गरिसकेपश्चात् सो निर्णयउपर कानूनद्वारा तोकिएको निकायमा उजूरी वा पुनरावेदन नपरी वा उजूर परेपनि उक्त निर्णयलाई अन्यथा हुने गरी अर्को निर्णय नभएसम्म पूर्व निर्णय नै आधिकारीक र अन्तिम हुने । (प्रकरण नं.२) § गुठी संस्थान ऐनमा भएको कानूनी प्रावधानको आधारमा नेपाल सरकारको स्विकृती समेत नलिई राजगुठीअन्तर्गत आफ्नो स्वामित्वमा रहेको गुठीलाई गुठी संस्थान केन्द्रीय कार्यालयले आफ्नो स्वामित्व त्यसै छाड्न नमिल्ने । § गुठीको सम्पत्तिको संरक्षण गर्नुको सट्टा स्वामित्व नै निजी गुठीअन्तर्गत वा अन्य कुनै किसिमबाट छाडी गुठी संस्थान आफ्नो दायित्व वा कर्तव्यबाट विमूख हुन नपाउने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8319 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर । |
| निर्णय वर्ष / मिति | 2066/11/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8319 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
