नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8296 · वि.सं. २०६७
नि.नं. 8296 — अंश दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटा निश्चित प्रयोजनका लागि छुट्याइएको जग्गा सो प्रयोजनमा उपयोग समेत भै बाँकी रहेको अवस्थामा त्यसलाई बण्डा गर्न नपर्ने निजी आर्जनको भनी अलग गर्न नमिल्ने । § सगोलमा रहेका अंशियारले सगोलकै पैतृक सम्पत्तिबाट विद्याध्ययन प्रयोजनका लागि प्राप्त गरेको जग्गालाई आफ्नो निजी आर्जनको संज्ञा दिने हो भने अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ भन्ने अंशबण्डाको २ नं. को व्यवस्था अर्थहीन हुन जाने । (प्रकरण नं.२) § कुनै व्यक्ति विशेषको कथन मात्रै कुनै सम्पत्ति निजी आर्जनको हो भन्ने कुराको पुष्ट्याईंको आधार बन्न त्यस्तो सम्पत्ति प्राप्त गर्दाको स्रोतलाई हेर्नुपर्ने । § लिखतमा दाइजो पेवाको रकमबाट खरीद गरिएको भन्ने व्यहोरा उल्लेख हुनु मात्रले पनि दाइजो पेवाबाट प्राप्त भएको भन्ने मानिँदैन, को कसबाट कहिले र कति दाइजो वा पेवा प्राप्त भएको हो भन्ने स्रोत खुलाउन सक्नुपर्ने । § निजी आर्जनको आफूखुश गर्न पाउने सम्पत्ति भन्ने कुनै पनि स्रोत र आधार प्रस्तुत हुन नसकेको अवस्थामा सगोलका अंशियारहरूमध्ये कुनै एक अंशियारका रुपमा रहेको सम्पत्तिलाई अन्य अंशियारले दावी गर्नसक्ने र त्यसलाई बण्डायोग्य सम्पत्तिबाट बाहेक गर्न सकिने स्थिति नरहने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8296 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता । |
| निर्णय वर्ष / मिति | 2066/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल |
| मुद्दा नं. | ०६३-CI-०४४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8296 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
