नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8308 · वि.सं. २०६७

नि.नं. 8308 — मोही प्रमाणपत्र नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाधनीले नै मोहीको देहान्त भएपछि निजका पत्नी तथा छोराहरूसमेतका विभिन्न हकवाला रहेको अवस्थामा कुनै एक व्यक्तिलाई मोही मान्दै बालीको दावी साधिकार निकायमा विधिसम्मत तरिकाले गर्दछ भने यसलाई पत्याउने क्रियाकैरुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.८) § कसैको हकाधिकार नै सिर्जना भइसकेको मोहियानी हक अपहरण गर्न जग्गाधनीलाई पनि अधिकार हुँदैन । कानूनले मोही पत्याउने वा रोज्ने कार्यविधि नतोकेको अवस्थामा यो कानूनी प्रश्न नभई तथ्यको प्रश्न हो । यसमा विवन्धनको सिद्धान्तको कुनै भूमिका नहुने । § जग्गाधनीले साविक मोहीको मृत्युपछि निजका हकवालाहरू मध्ये कसलाई मोही पत्याउने भन्ने तथ्यको निर्णय एकपटकमात्र गर्न पाउँछ । जग्गाधनीलाई मोही रोज्न पाउने अधिकार छ भन्दैमा आज एउटा र भोलि अर्को हकवालालाई मोही पत्याउँदै जान पाउँछ भन्ने अर्थ गर्ने हो भने कानूनले दिएको यो अधिकारको दुरुपयोग हुन गई जग्गा कमाउने वास्तविक मोहीको हक सँधै जोखिममा पर्न जाने अवस्था सिर्जना हुन पुग्ने देखिन्छ, जो भूमिसम्बन्धी ऐनको मर्म र भावना अनुकूल नहुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8308
मुद्दाको विषयमोही प्रमाणपत्र नामसारी ।
निर्णय वर्ष / मिति2066/08/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको छुट्टै राय भै पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी वादी दावी पुग्ने ठहर भएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री अनूपराज शर्माको राय । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग असहमत रहेकोले सर्बोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको रायसहितको यस अदालतको सयुक्त इजलासबाट मिति २०६५।२।१० मा भएको फैसला । | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको राय सदर गरिनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री अनूपराज शर्माबाट व्यक्त भएको राय सदर गरिनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको एवं जग्गाधनीले मोही रोज्न पाउने सो कानूनी अधिकारको प्रयोग गरी एक | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको राय भै मत्यैक्यता हुन नसकी यस इजलाससमक्ष पेश हुन आएको देखिन्छ । | माननीय न्यायाधीश श्री अनूपराज शर्माको रायसँग सहमत हुन सकिएन । | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठको राय मनासिव ठहर्छ । फैसला कार्यान्वयनको लागि शुरु भूमिसुधार कार्यालय सप्तरीमा लेखी पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनू ।
मुद्दा नं.०६५-DF-०००१
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8308
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्